"2513058968709111" /> सुनकोशीमा अर्को पहिरोको खतरा बढ्यो थप एकको शव भेटियो, १५५ को अवस्था अज्ञात - अनिश शर्मा गैरे
Breaking News
recent

सुनकोशीमा अर्को पहिरोको खतरा बढ्यो थप एकको शव भेटियो, १५५ को अवस्था अज्ञात

१८ साउन, काठमाडौं । गाउँ नै सखाप पार्ने गरी पहिरो गएको सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो जाने खतरा बढेको उद्धारमा खटिएका प्राविधिकले जानकारी दिएका छन् ।
सानो-सानो पहिरो खस्ने क्रम नरोकिएपछि सरकारी प्राविधिकहरुको टोलीले आइतबार पहिरोको शीर राम्चे पुगेर अध्ययन गर्दा अर्को खतरा देखिएको हो । ‘झण्डै एक/डेढ किलोमिटरसम्म चिरा परेको देखिएको छ, त्योभन्दा पर हेर्न सक्ने अवस्था रहेन’ सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले अनलाइखबरसँग भने

त्रिभुवन विश्वविद्यालय भूगर्भ विभागका सहप्राध्यापक रञ्जनकुमार दाहालले अहिले जमेको पानी जतिसक्यो छिटो फाल्नुपर्ने बताए । नेपाली टोलीलाई सघाउन भारतबाट आएको प्राविधिकहरुको टोली समेत घटनास्थलमा पुगेको छ । चीनले पनि सहयोग गर्ने बताएको गृह मन्त्रालयले जनाएको छ ।
प्रविधिकहरुका अनुसार यो पहिरो कुनै पनि बेला खस्न सक्ने खतरा छ । पहिरो खसेमा यसले फेरि सुनकोशी नदी थुन्न सक्ने खतरा छ । प्राविधिकहरुका अनुसार जमीन चिरा परेकाले बम बिस्फोट गराएर पहिरोले नदी थुन्दा बनेको ताल खोल्नसमेत समस्या बनेको छ ।पानी परेकाले नदीमा पानी पनि केही बढेको छ । स्काभेटर, डोजर पनि लगिएको छ । सोमबारबाट क्रमिकरुपमा पहिरो हटाउने र पुरिएकाहरुको खोजी थालिनेछ ।

थप एकको शव भेटियो, १५५ बेपत्ता
उद्धारकर्मीहरुको टोलीले आइतबार थप एकको शव भेटाएको छ । ७ वषर्ीया सुआना श्रेष्ठको शव भेटिएको हो । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
पहिरोले पुरिएको आशंकामा प्रहरी टोलीले जोडर लगाएर अरनिको राजमार्ग क्षेत्रमा केही पहिरो हटाएको छ । तर, केही गरगहनासहित ३ लाख ६० हजार भेटिए पनि मानिस भने नभेटिएको एसपी सिंहले बताए ।
स्थानीयहरुले प्रहरी टोलीलाई नाम टिपाए अनुसार १५५ जना मानिस हराइरहेका छन् । पहिरो र बाढीको डरले घर छाडेर हिडेकाहरु आउने जाने क्रम चलिरहेको छ । दुई ठाउँमा घर भएकाहरु माथिल्लो क्षेत्रमा गएर बसेका छन् भने कोही आफन्त र प्रहरीको शरणमा छन् ।
अनलाइखबर

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.