आज साउने संक्रान्ति लुतो फालेर मनाईँदै ।।
आज साउन १ गते अर्थात् साउने संक्रान्ति, सौर्यमान अनुसार सूर्य दक्षिणायन तिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
आजका दिन, असारे वर्षा र हिलोबाट लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा छ । दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता वनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ । साउनमा शिवजीको व्रत बसेमा पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत विषयमा सफलता प्राप्त हुने विश्वास गर्ने गरिन्छ । विशेषगरी शिवजीलाई साउनको सोमबार जल, दूध, भाङ, धतुरो चढाउने गरिन्छ ।

No comments: