"2513058968709111" /> वामीका शिक्षक रिजालले शिक्षक संघ गुल्मीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने ! - अनिश शर्मा गैरे
Breaking News
recent

वामीका शिक्षक रिजालले शिक्षक संघ गुल्मीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने !

अनिश शर्मा गैरे, वामी गुल्मी 
वामीका शिक्षक मृगेन्द्र प्रसाद रिजालले हुँदै गरेको शिक्षक संघ गुल्मी जिल्ला अधिबेशनमा उम्मेद्वारी दिने हुनुभएको छ । यही फाल्गुण २० र २१ गते हुने शिक्षक संघ गुल्मीको जिल्ला अधिबेशनमा उहाँले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।
शुक्रबार र शनिबार गरी दुइ दिन सम्म हुन गइरहेको अधिशेनमा उहाँले उम्मेद्वारी दिन लाग्नुभएको जानकारी दिनुभयो ।उहाँले शिक्षकहरुले पाएका, प्राप्त गर्नुपर्ने, र प्राप्त गर्न नसकिएका हक अधिकार र गर्नुपर्ने दायित्वहरुको प्रति कटिबद्ध हुँदै उम्मेद्वारी दिन लाग्नुभएको जानकारी दिनुभयो । शिक्षकका हक हित र दायित्व पुरा गर्नका लागि प्रतिबद्धता सहित मैले उम्मेद्वारी दिएको हुँ, उहाँले भन्नुभयो ।बर्षाै देखी वामीमा रहेको महेन्द्र आदर्श उमाबि गणित बिषयको शिक्षकको रुपमा शिक्षण कार्यमा लागिरहनुभएका उहाँ हाल मात्रै माबि तहको द्धितिय तहमा बढुवा समेत हुनुभएको छ । उहाँ शिक्षण लगायत अन्य धेरै सामाजिक कार्यमा पनि समावेश भइ काम गरिहनुभएको छ । उहाँले आफ्नो उम्मेद्वारीलाइ सबैले स्वीकार गरी बिजयी गराउनुहुन आग्रह समेत गर्नुभएको छ ।


No comments:

Anish gaire. Powered by Blogger.