"2513058968709111" /> वामीका होटलहरुको अनुगमन, सरसफाइमा बढि ध्यान दिनुपर्ने ! - अनिश शर्मा गैरे
Breaking News
recent

वामीका होटलहरुको अनुगमन, सरसफाइमा बढि ध्यान दिनुपर्ने !

अनिश शर्मा गैरे, वामी गुल्मी 
होटल ब्यबसायी मञ्च गुल्मीले जिल्लाका बिभिन्न क्षेत्रहरुमा अनुगमन शुरु गरेको छ । बिहिबार बाट मञ्चले जिल्लाका बिभिन्न क्षेत्रहरुमा शुरु गरेको अनुगमन अन्तर्गत आज वामीका होटलहरुको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा होटलहरुमा अन्य धेरै कुराहरु सुधार भएको देखिएका तर अलिक बढी सरसफाइमा ध्यान दिनुपर्ने भएको मञ्चका संस्थापक अध्यक्ष युबराज भण्डारीले जानकारी दिनुभयो । उहाँले आफुहरुको आन्तरीक अनुगम चार दिनको लागि शुरु गरिएको जानकारी दिनुभयो । साथै उहाँले होटलहरुलाइ स्थानीय स्तरमा उत्पादन हुने खाद्य पदार्थहरुलाइ प्राथमिकता दिन आग्रह गरिएको जानकारी दिनुभयो । बजारमा पाइने अन्य खानाहरु शरीरको लागि हानीकारक हुने तर गाँउ घरमै पाइने मकै, कोदो, फापर लगायतबाट परिकारहरु बनाउने तर्फ आफुहरु प्रोत्साहन गर्ने तर्फ लागेको जानकारी दिनुभयो । उहाँका अनुसार आगमी चैत्र महिनामा यसै बिषयमा तालीमको समेत आयोजना गरिएको छ । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.