"2513058968709111" /> राजनितिक आदर्सका प्रतीक चित्र केसि ! - अनिश शर्मा गैरे
Breaking News
recent

राजनितिक आदर्सका प्रतीक चित्र केसि !

मोहन घिमिरे, गुल्मी ।
समयले उनलाई मध्यपूर्वको खाडिमा पुर्यायो। समय र परिस्थिती सधै आफ्नो कावुमा कहाँ रहन्छ र! जीवन यात्रा न हो, सधै चलायमान रहिरहन्छ। 

बागलुङ- सल्यानमा जन्मिएका चित्र केसि नेपाली कांग्रेसका महासमिती सदस्य हुन। दोस्रो संविधान सभाको निर्वाचनमा जनसंपर्क समितीबाट उनी संविधान सभाको समानुपातीक उमेद्वार बनेका थिए।

उनले छिमेकी जिल्ला गुल्मीको शान्तीपूरमा माध्यामिक तह सम्मको अध्ययन गरे। विद्यालय तह मै नेविसंघको ईकाई समितिको जिम्मेवारी प्राप्त गरेका थिए उनले! पाल्पाको त्रिभुवनबहुमुखी क्याम्पसमा उनले अध्ययन गर्दा राजनितिलाई पनि संगै अगाडि बढाए।
अध्ययन कै क्रममा उनी त्रि-चन्द्र क्यापसमा पूगे। त्यहा पनि उनी थकित बनेनन, पार्टी र संगठनको काममा अनवरत रुपले लागिरहे।

कुनै समय निर्वाचन प्रचार प्रसारको क्रममा जनमोर्चाका कार्यकर्ताले उनी माथी सांघातिक हमला गरेका थिए। उनलाई उपचारको लागि तत्काल पोखरा लगियो, त्यहा निको नहुने भए पछि उनलाई हेलिकप्टर मार्फत थप उपचारको लागि राजधानी पुर्याईयो। चोट र घाउ त निको भयो तर उनको राजनितिक अवसान खोजेकाहरुको लागि उनी झनै शसक्त बनिरहे।
चित्र केसि नेपाली जनसंपर्क समिती युएईका संस्थापक अधक्ष्य हुन। अध्ययन पश्चात नेपाल प्रहरीको अधिकृत स्तरमा उनले नाम निकाले। तर परिस्थिती खराव थियो। एक त केसि आफै राजनितिक परिवारका व्याक्ती थिए भने अर्को तर्फ देसमा कायम द्वन्द! जसको कारण उनले सरकारी सेवालाई छोड्ने निर्णय लिए।

सबल नेपाल निर्माण गर्न युवा पलायन हुने समस्याको अन्त्य गरीनू पर्छ भन्ने मान्यता राख्ने केसि आफू भने देसमा कायम द्वन्दको कारण शरणार्थी कै रुपमा युएई छिरे। संयुक्त अरव ईमेरेट्सको सैन्य सेवामा कार्यरत केसि अहिले युएईवासी नेपालिका माझ निकै चर्चित नाम हो। 

उनी भन्छन- जब म युएई पूगे, कांग्रेस खोजेर पनि भेट्न गार्हो थियो। मानिसहरु राजनितिबाट निकै टाढा रहे जस्तो लाग्यो। सुरुमा उनले युएईमा रहेका काग्रेस समर्थकहरु संगको सम्पर्क अघि बढाए। बिस्तारै नेपाली जनसंपर्क समिती युएईको तदर्थ समिती गठन गरे। हाल युएईमा गठन भएको नेपाली जनसंपर्क समिती संसारकै कृयाशिल र शसक्त नेपाली कांग्रेसको प्रवासी संस्था मध्य एक मानिन्छ। 

संविधान संसोधनको नाममा गरिन लागेको प्रदेस न ५ को विभाजन गर्ने सरकारी प्रस्ताव प्रती चित्र केसि असहमती प्रकट गर्दछन। उनले थपे- "मिलेर वसेको भुगोल र नागरीकको संबन्धलाई बिगार्ने काम राष्ट्रको अहितमा छ"! उनको विचारमा प्रदेस सिमाङकनको पछिल्लो कदम दक्षिणको चाहानामा सुरु गरिएको हो। यसले राष्ट्रीयता मै गम्भीर खलल पुर्याउन सक्छ।

No comments:

Anish gaire. Powered by Blogger.