"2513058968709111" /> ग्वालीचौरका स्थानीयहरुद्धारा सात गाबिस सहितको बढिगाड गाँउपालीकाको सिफारिसको भब्य स्वागत, छिटो कार्यान्वयन गर्न माग । (बिज्ञप्ति सहित) - अनिश शर्मा गैरे
Breaking News
recent

ग्वालीचौरका स्थानीयहरुद्धारा सात गाबिस सहितको बढिगाड गाँउपालीकाको सिफारिसको भब्य स्वागत, छिटो कार्यान्वयन गर्न माग । (बिज्ञप्ति सहित)

प्रकाश घिमिरे,अनिश शर्मा गैरे, वामी गुल्मी ।।
ग्वालीचौरका स्थानीयहरुले प्राबिधिक समितिले गरेको निर्णय अनुसार ग्वालीचौर गाबिसको खौलारलाई केन्द्र मान्दै गरेको काम प्रति स्वागत गर्दै स्थानीय पुनर्सरचनाको कामलाई छिट्टै टुङ्गोमा पुर्याउन माग गरेका छन । आज एक प्रस बिज्ञप्ति जारी गर्दैै उनीहरुले सात गाबिसहरु समेटी बढीगाड गाँउपालीकाको लागि पेश गरेको प्रतिबेदन प्रति स्वागत गरेका ग्वालीचौरबाट हाम्रा सहयोग प्रदिप खरेलले जानकारी दिनुभयो ।
बिज्ञप्तिमा भनिएको छ, “सघिंय राज्य ब्यबस्थामा रुपान्तरण गर्नै सबैंधानिक ब्यबस्था बमोजिम गठित उच्चस्तरीय राज्य पुर्नसंरचना आयोग तथा जिल्ला प्राबिधिक, स्थानीय तह पुर्नसंरचना आयोग तथा जिल्ला प्राबिधिक स्थानीयय तह पुर्नसंरचना समिति बाग्लुङ्ले यही भाद्र १९ गते बाग्लुङ्का सात गाबिसहरु ग्वालीचौर, जलजला, दगातुम्डाडा, सिसाखानी, रणसिँह किटेनी, भिमगिठे, दर्लिङ् गाबिसलाई बढीगाड गाँउपालीका नामाकारण गर्दै प्रस्तावित गाँउ पालीकाको केन्द्र ग्वालीचौरलाई बनाउने निर्णय बस्तुगत, बैज्ञानिक, जनमुखी र सघिंय मुल मर्म बमोजिम भएकोले ग्वालीचौरका हामी सबै राजनितिक दलका प्रमुख एबम प्रतिनिधिहरुले यस निर्णयको उच्च सम्मान सहित हार्दिक स्वागत गर्दछौ ।”
साथै पाँच गाबिसहरु ग्वालीचौर, भिमगिठे, दर्लिङ्, जलजला र रणसिँह किटेनीले समेत ग्वालीचौर केन्द्रमा पुर्ण सहमती रहेको र जनसंख्याको बितरण, भौगोलिक संरचना तथा बिकेन्द्रिकृत सिद्धान्तको आधारमा पनि बढिगाड गाँउ पालीकाको ग्वालीचौर केन्द्र उत्तम रहेको हुनाले यस निर्णयलाई अबिलम्ब कार्यान्वयन गर्दै छिटो भन्दा छिटो स्थानीय तहको पुर्नसंरचनालाई अन्तिम रुप दिन अनुरोध गर्दछौ, बिज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा नेपाली काङ्ग्रेस ग्वालीचौरका सभापति अर्जुन खरेल, एमाले अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका अध्यक्ष कलाधर घिमिरे, स्थानीय शान्ति समिति ग्वालीचौरका संयोजक नेत्र प्रसाद गौतम, एमाले जिल्ला सल्लाहकार समितिका सदस्य तिर्थमणि भुषाल, दलित उत्थान समितिका का प्रेमलाल रसाइली, भुपु सैनिक संघका अध्यक्ष केशब खरेल, अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष सरस्वती शर्मा आचार्य तथा नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष चन्द्र बहादुर थापाको हस्ताक्षर रहेको छ ।
अब केही दिनमै पाँच गाबिसका राजनितीक दलहरुको बैठक बसी कसरी अगाडी बढ्ने भन्ने बिषयमा छलफल गरिने नेकपा एमालेका अध्यक्ष आचार्यको भनाइ रहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.