काङ्ग्रेसको नेतृत्व बिना देशमा समृद्धि हुँदैन : सासँद भण्डारी
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख ४ गते, शनिबार ।।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासंद माननिय श्री चन्द्र भण्डारीले काङ्ग्रेसको नेतृत्व बिना देशमा समृद्धि नहुने बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ अन्तर्गतको ईलाका नम्बर ६ को भेलालाई संबोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि भण्डारीले अहिले सम्म धेरै कामहरु नेपाली काङ्ग्रेसको नेतृत्वमा सम्पन्न भएको ठोकुवा गर्नुभयो । कार्यक्रममा उहाँले गुल्मी जिल्लामा आफुले छोटो समयमै निकै कामहरु गरेको र गुल्मीलाई नमुना बनाउन काममा लागी परेको बताउनुभयो । सासँ भण्डारीले नेताले सानो काममा गल्ती गरेमा पछिका पुस्तालाई समेत निकै ठुलो असर पर्ने बताउनुभएको थियो । त्यसैगरी उहाँले बडीगाढ नदीमा प्रशस्त पुलहरु निर्माण गर्ने बताउनुभयो । आफुले राज्यबाट पाएको सुबिधालाई आफुले गुल्मीका गरिब तथा बिपन्न परिवारहरुमा खर्च गरेको बताउँदै उहाँले आफु सधै जनताको पक्षमा रहेको बताउनुभयो । कार्यक्रमकै अवसरमा आज सासँद भण्डारीले खज्र्याङ गाबिस वडा नम्बर १ मा रहेको बिपी प्राबिमा अध्ययनरत गरिब तथा बिपन्न परिबारका बिद्यार्थीहरुको सुबिधाको लागी १० हजार रुपैया र एक बोरा कापीहरु हस्तान्तरण गर्नुभएको छ ।
बैशाख ४ गते, शनिबार ।।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासंद माननिय श्री चन्द्र भण्डारीले काङ्ग्रेसको नेतृत्व बिना देशमा समृद्धि नहुने बताउनुभएको छ ।
No comments: