यस्तो छ निसीभुजी जनता क्याम्पसको भद्रगोल !
शैक्षिक सत्र सुरु भएको छ महिना बितिसक्दा समेत विद्यार्थीको पढाइ नियमित हुन सकेन, क्याम्पस राजनीतिक चपेटो भित्रै रुमलिंदै ।।
लोकेन्द्र सुनार, बुर्तिबाङ
चैत्र १४ गते ।।
बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसमा शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत विद्यार्थीहरुको पठनपाठन नियमित रुपमा सुचारु हुन सकेको छैन । शिक्षाशास्त्र, मानकिकी र व्यवस्थापन संकायहरु सञ्चालनमा आएको भएपनि कतिपय संकायमा लामो समयदेखि शिक्षक व्यवस्थापन हुन नसक्दा विद्यार्थीहरुको पढाइ अलपत्र हुन पुगेको हो । प्रायगरि एक आधा विषय मात्र पढाइ हुने र दैनिक अन्य विषयहरुको पठनपाठन ठप्प हुँदा आफूहरुको शैक्षिक भविष्य नै धरापमा परेको विद्यार्थीहरु बताउँछन् ।
दैनिक जसो हरेक दिन विद्यार्थीहरुले नियमित पढाइ सुचारु हुनुपर्ने माग क्याम्पस प्रशासनमा राख्दै आएपनि त्यस विषयमा न त क्याम्पस प्रशासन गम्भीर र जवाफदेही नै बन्न सकेको छ न त सञ्चालक समितिले कुनै चासो नै देखाएको छ । क्याम्पसमा विशेषगरि व्यवस्थापन संकायतर्फका अधिकांश विषयहरुको पठनपाठन अहिलेसम्म सुरु हुन सकेको छैन भने अन्य संकायहरुमा पनि अर्थशास्त्र, ग्रामीण विकास, जनसंख्या लगायतका अन्य कतिपय विषयहरुको पठनपाठन शैक्षिकसत्र सुरु भएको ६ महिना वितिसक्दा समेत सुरु हुन सकेको छैन । क्याम्पस प्रशासनले शिक्षकहरु खोज्ने काम भइरहेकाले पठनपाठनमा ढिलाइ भएको बताउँदै आएपनि त्यसको समाधान र निकास खोज्न नसक्दा मुकदर्शक बनिरहेको छ भने सञ्चालक समितिले समेत कुनै चासो देखाएको छैन ।
ब्यवस्थापन सकांय तर्फको कक्षा सञ्चालन गरिएको पहिलो वर्षमा १४ जना विद्यार्थीहरु भर्ना भई नियमित अध्ययन गर्दै आईरहेपनि क्याम्पसमा नियमित रुपमा पठनपाठन हुन नसकेकै कारणले यस वर्ष सम्म आईपुग्दा जम्मा ४ जना विद्यार्थीहरु मात्र क्याम्पसमा भर्ना भएको पाईन्छ । त्यस्तै सोही कारणले अन्य सकांयतर्फ अध्ययनरत विद्यार्थीहरु पनि स्थानान्तरण भई अन्यत्र बागलुङ, पोखरा, बुटबल, काठमाण्डौ लगायतका क्याम्पसहरुमा पढ्न गइसकेका छन् । क्याम्पसमा सञ्चालक समितिले शिक्षकहरुको विगतका खाईपाई आएका सेवा सुविधाहरु समेत कटौती गरी निरङकुशता मात्रै लाद्दै आएकाले पनि शैक्षिक व्यवस्थापन राम्रो हुन नसकेको क्याम्पसका अध्यापनरत एक शिक्षकले बताए । कुनै बेला ५,६ वर्ष अध्यापन गराएका शिक्षकहरुलाई विज्ञापनको नौंटङ्गी गरि पुनः नयाँ प्रक्रियाबाट राख्ने काम गरियो भने कति बेला पूर्णकालीन र आंशिक शिक्षकका लागि विज्ञापन गरि नियुक्ति गर्ने गरेको भए पनि कतिबेला भने संचालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखको ठाडो आदेशमा मनोमानी तरिकाले आफूखुसी शिक्षक नियुक्ति गर्ने गरेको तीतो यथार्थले पनि क्याम्पस विगतदेखि नै राजनीतिक चपेटोमा रुमलिएको सबैसामु छर्लङ्गै हुन्छ ।
क्याम्पस प्रशासनले अति आवश्यक शिक्षकहरुको व्यवस्थापनमा ध्यान नदिई राजनीतिक आस्थाको आधारमा कतिपय शिक्षकहरुलाई सञ्चालक समितिको निर्णय र शिक्षक स्टाफबीचमा छलफल र सरसल्लाहविना नै एकलौटी रुपमा राजनीतिक भर्ती केन्द्र बनाई क्याम्पसको निति, नियम र विधानबिना नै मनोमानी गरिएको भन्दै क्याम्पसमा अध्यापनरत कतिपय शिक्षकहरुले आलोचना र विरोध गर्दै आएका छन् भने सामाजिक व्यक्तित्व र आम सरोकारवालाहरुको समेत गम्भीर ध्यान गइरहेको छ ।
क्याम्पसमा लिइने विद्यार्थीहरुको शुल्क पश्चिमाञ्चलकै अन्य सामुदायिक क्याम्पसमा भन्दा निकै चर्काे छ । दुई वर्ष अगाडि विद्यार्थीको शुल्क बृद्धि भएपछि विद्यार्थीले आन्दोलन गरि संचालक समिति र विद्यार्थीबीच कम्तिमा ३ वर्षसम्म शुल्क वृद्धि नगर्ने गरि सहमती भए पनि क्याम्पस प्रशासनले यो वा त्यो शीर्षकमा हरेक वर्ष शुल्क बृद्धि गर्दै आइरहेको छ । एक जना विद्यार्थीले सामान्यतया कुनै एउटा संकायको सबै वर्षको तह पुरा गरि डिप्लोमा पास गर्न झण्डै एक लाख रुपैयाँ शुल्क मात्र बुझाउनु पर्ने बाध्यता रहेको छ । जुन अन्य सामुदायिक क्याम्पसको शुल्कसंग तुलना गर्ने हो भने निकै गुना चर्काे देखिन्छ ।
उता क्याम्पसमा विद्यार्थीहरुले पुस्तकालयबाट एउटा पुस्तक समेत पढन पाउने व्यवस्था छैन । यतिसम्म कि क्याम्पसमा एउटा सौचालय समेत नहुँदा विद्यार्थीहरु नजिकैको गंगा प्रा.वि.को सौचालयमा सौच गर्न बाध्य बनेका छन् । पुस्तकालय, क्याम्पस विकास, कम्प्यूटर, खेलकुद लगायत अन्य १५, १६ शीर्षकमा विद्यार्थीहरुले चर्काे शुल्क तिर्दै आए पनि न त पठनपाठन नियमित छ न त पुस्तकालय र कम्प्यूटर कक्षाबाट नै विद्यार्थीहरुले सेवा लिन पाएका छन् । क्याम्पसमा खेलकुद सामग्रीको नाममा एउटा भलिबल समेत उपलब्ध छैन । माइक्रोसफ्ट कम्पनीले ३० ओटा कम्प्युटर सहितको कम्प्युटर ल्याब उपलब्ध गराएको भए पनि २ वर्षदेखि उक्त कम्प्युटर ल्याब अलपत्र परेको छ । विद्यार्थीहरुबाट विरोध आएपछि गत भदौ महिनामा एकजना कम्प्युटर शिक्षक नियुक्ति गरिएको थियो । तर कम्प्युटर शिक्षक नियुक्ति गरेको पनि ७ महिनाभन्दा बढी भइसक्यो तर कम्प्युटर ल्यापको ढोका खोल्ने र बन्द गर्ने बाहेक कम्प्युटर शिक्षकलाई अरु जिम्मेवारी प्रशासनले दिन सकेको देखिदैन । स्थापनाको समय हेर्नेहो भने उक्त क्याम्पस वि.सं.२०४८ सालमा स्थापना भई हाल २४ वर्ष पार गरिसकेको छ । बागलुङ क्षेत्र नं. ३ कै बीस गाविसहरुको सेवा क्षेत्र रहेको एक मात्र उच्च शिक्षाको सामुदायिक यस क्याम्पसका यी कैयौं समस्याहरुले गर्दा क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक उन्नति निकै गोलचक्करभित्र रुमलिएको देखिन्छ ।
संसद् क्षेत्र विकास कोष तथा चन्दादाता, प्रवासी नेपालीहरु र स्थानीय शिक्षाप्रेमी एवं समाजसेवीहरुको सहयोगमा झ्याप्प हेर्दा यतिबेला क्याम्पसको ठूलो भवन बन्न लागेको देखिए पनि क्याम्पसका आन्तरिक तमाम शैक्षिक विसङ्गतिहरु भने ज्युँका त्युँ छन् जसबाट सिङ्गो क्याम्पस नै निकै प्रभावित भएको छ भने राजनीतिक चपेटोबाट समेत मुक्ति हुन सकेको छैन । यसमा आम सरोकारवाला सबैको ध्यान जान जरुरी देखिन्छ ।

No comments: