"2513058968709111" /> उमाबि सञ्चालनमा सबैभन्दा धेरै चन्दा दिनुहुने चन्दादताको निधनमा शाक सभा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

उमाबि सञ्चालनमा सबैभन्दा धेरै चन्दा दिनुहुने चन्दादताको निधनमा शाक सभा ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
चैत्र १६ गते, मँगलबार ।।
आफ्नो बिद्यालयको उच्च माबि सञ्चालन गर्न सबैभन्दा बढि चन्दा सहयोग गनूृुहुने बरिष्ठ चन्दादताको निधन भएकोमा आफ्नो बिद्यालय शोकमा डुबेको भन्दै महेन्द्र आदर्श उमाबि वामीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । वामी ९ शेरा निबासी देउपती खरेलको चैत्र १० गते निधन भएको भन्दै आज उहाँकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । शोक सभामा बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तिर्थमणी काफ्ले, बर्तमा सदस्य तेजेन्द्र जिसी, सदस्य कृष्ण प्रसाद सापकोटा, सहायक प्राचर्य टिकाराम खरालले मन्तब्य ब्यक्त गर्दे यस दुखको घडी मा शोकलाई शक्तिमा बदल्नु पर्ने भन्दै दिबगँत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै प्रार्थना गरिएको थियो भने  बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले पनि मन्तब्य ब्यक्त गर्दे समबेदना पत्र बाचन गरि परिवाजन लाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो ।
यसैबिच आजै मालीका ईग्लिसस बोर्डिङ्ग सेकेण्डरी स्कुलले पनि उहँको निवासमा शोक सभा सम्पन्न गरेको छ । आफ्नो बिद्यालयमा अध्यापनरत शिक्षिका कल्पना खरेलका हजुरबुवाको निधनमा दुख प्रकट गर्दे कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा समबेदना पत्र बाचन गरि परिवारलाई हस्तान्तरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिमल सापकोटाले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.