बुहारीको कन्यादान गर्ने सासू अभिनन्दित ।।
गुल्मी २७ फाल्गुण ।।
बिधवा बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ बिबाह गराइदिएकी यहाँकी एक महिलालाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउदेश्य सहरकारीको संयोजनमा जिल्लाका सात वटा संस्थाले उनलाई तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन् । छोराको निधन पछि बुहारीको उज्वल भविष्यको कामना गर्दै कन्यादान गरेकी तम्घास बाघमारेकी लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो । उनीसँगै उनका पति इश्वरीलाई पनि सम्मान गरिएको थियो । सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले लक्षमीका पति पत्नीलाई अभिनन्दन गरे । सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताइन् । ‘बुहारीलाई छोरी मानेर बिबाह गर्ने सासु नेपाल छैनन्,’
उनले भनिन, ‘उहाँले हिम्मतका साथ बुहारीलाई कन्यादान गरेपछि देशविदेशमा राम्रो सन्देश गएको छ ।’ विश्वकर्माले बिवाह गरेको छोटो समयमै बिधवा बनेका बुहारीहरुलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने बताइन् । चार बर्ष अघि बुहारी उषाको लक्ष्मीले घरबाटै कन्यादन गरेकी थिइन् । छोराको बिबाह गरेको एक बर्षमै छोराको निधन भएपछि उनले बुहारीको कन्यादान गरेकी हुन् । धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको
दामत्य जीवन अहिले निकै सुन्तर ढंगबाट अघि बढेको छ । ‘छोरोको मृत्यु पछि कलिलै उमेरकी बुहारीको भविष्य प्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी हुँ,’ लक्ष्मीले भनिन, ‘उहिले उनीहरुको जीवन राम्रोसँग चलेको छ । दुई बर्षको नाती पनि छ ।’ चार बर्ष अघि मलिन अनुहारमा बुहारीको कन्यादान गरेकी लक्ष्मी बिहिबारको अभिनन्दन कार्यक्रममा भने निकै हँसिलो मुद्रामा थिइन् । दुई बर्ष अघि जन्मिएको नातीलाई काखमा राख्दै उनले मञ्चमा चुम्बन गरिरहेकी थिइन् । सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन । श्रीमान कतारमा हुनुहुन्छ, बाबु जन्मिएको छ । हामी निकै खुसी छौँ,’ उनर्ले प्रतिक्रिया दिँदै भनिन, ‘पहिलेको घरमा माइती सम्झेर आउने जाने गरिरहन्छु ।’ उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु ससुरा र घरपरिवारलाई धन्यबाद समेत ज्ञापन गरिन् ।

No comments: