"2513058968709111" /> बिरोध स्वरुप संकलीत हस्ताक्षर प्रधानमन्त्रीलाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बिरोध स्वरुप संकलीत हस्ताक्षर प्रधानमन्त्रीलाई ।।

अनिल खत्री, गुल्मी १७ असोज ।।
भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दी गरेर जनतालाई दुःख दिएको भन्दै गुल्मीका विद्यार्थी संगठनहरु बिरोध स्वरुप संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र व्यबस्थापिका संसदका सभाका सभामुखालाई पठाएका छन् । संकलित हस्ताक्षर र ध्यानकर्षण पत्र बिद्यार्थीहरुले आईतवार गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे मार्फत पठाएका हुँन ।  बिरोधमा उत्रिएका विद्यार्थी संगठनले संयुक्त रुपमा संञ्चालन गरेको दोश्रो चरणका बिरोधका कार्याक्रम अन्र्तगत शुक्रवार सदरमुकाम तम्घासको लाकुरी मञ्चको सडकमा कफी पकाएर खाएर र हस्तक्षेप बिरुद्ध हस्ताक्षर संकलन गरेका थिए  । नाकाबन्दीले आम नेपालीको दैनिकी कष्टकर बन्दै गएको भन्दै तुरुन्त नाकाबन्दी खुलाउन  बिद्यार्थी संगठनले बिरोध स्वरुप हस्ताक्षर संकलन गरेको र संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र व्यबस्थापिका संसदका सभाका सभामुखालाई पठाएको नेबिसंघ गुल्मीका सभापति सुर्दशन खनालले बताए । हस्ताक्षर र ध्यानकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले संकलित हस्ताक्षर र ध्यानकर्षण पत्र जस्ताको तस्तै पठाउँने बताएका थिए । बिद्यार्थीहरुले बिभिन्न चरण बद्ध आन्दोलन अन्र्तगत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जालाएका थिए भने हामी आफ्नै स्वदेसी उत्पादन खाएर बाँच्न सक्छौं, तर भारतसँग कुनै पनि हालतमा झुक्दैनौं भन्ने सन्देश दिन गुल्मीको कफी सडकमै पकाएर खाएका थिए । गुल्मीमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, लगायत विद्यार्थी संगठनले भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दी गरेर दुःख दिएको भन्दै चरणबद्ध आन्दोलनका कार्याक्रमहरु गर्दै आएका छन् । संकलित हस्ताक्षर बुझाउने कार्याक्रमा नेबिसंघ गुल्मीका जिल्ला सभापति सुर्दसन खनाल, अनेरास्ववियु जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, अखिल क्रान्तिकारी गुल्मीका कोषाध्यक्ष राजन घिमिरे लगात बिद्यार्थीहरुको सहभागिता रहेको थियो । भारतले अन्तराष्ट्रिय कानुन विपरित अघोषित नाकाबन्दी लगाएकोले तत्काल फिर्ता लिन दवाव दिन चरणबद्ध रुपमा अन्दोलनका कार्यक्रमहरु गरिएको अनेरास्ववियु जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम कुवँरले बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.