"2513058968709111" /> बैदेशिक रोजगारमा जान लागेकालाई परामर्श - अनिश शर्मा गैरे
Breaking News
recent

बैदेशिक रोजगारमा जान लागेकालाई परामर्श

मङिस्र २३_
म्याग्दीको बेनीमा मंगलबार बैदेशिक रोजगारमा जान लागेका युवा युवतीहरुलाई आप्रबासन सम्बन्धि परामर्श दिइएको छ ।
मनवअधिकार दिवसको अवसर पारेर मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखा र एमनेष्टि ईन्टरनेशनल म्याग्दीले म्याग्दी बालगृहमा राहदानी फारम भर्न पुगेकाहरुलाई बिहान १० देखि ११ बजेसम्म बैदेशिक रोजगार सम्बन्धि परामर्श दिएको हो ।
बैदेशिक रोजगारीमा हुने ठगि नियन्त्रण एवं बिदेशमा नेपालीले दुख नपाउन भन्न सचेत बनाउने उद्देश्यले परामर्श दिइएको मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाका सभापति मुक्ति ढुंगानाले बताउनुभयो ।
समाजका केन्द्रिय उपसभापति रामजिप्रसाद सुवेदी, शाखा सभापति ढुंगाना, पुर्व शाखा सभापति सञ्जयकुमार श्रेष्ठ लगायतले बैदेशिक रोजगार सम्बन्धि ऐन नियम र सावधानी अपनाउनुपर्ने विषयमा परामर्श दिनुभएको थियो ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.