"2513058968709111" /> त्रिभुवन उमावि खर्वाङको ५५ वार्षिकोत्सव आज देखि सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

त्रिभुवन उमावि खर्वाङको ५५ वार्षिकोत्सव आज देखि सुरु ।।

०७ पौष २०७१रवागलुङ ९खर्वाङ०
श्री त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुन्डाडा ७, खर्वाङ, वागलुङको ५५ औं वार्षिकोत्सव समारोह आज देखि सुरु भएको छ। ३ दिन सम्म चल्ने वार्षिकोत्सवको आज पहिलो दिनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि दगातुम्डाडा गाविसका निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुनले शैक्षिक गुणस्तर ले मात्रै विद्यालयको पहिचान हुने भन्दै विद्यालय जिल्लाकै नमुना वनेको भन्दै प्रशंसा गर्नुभएको थियो ।अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको शारिरिक तथा मानसिक विकासको लागी सहयोग पुग्ने भन्दै विद्यार्थीको सम्पूर्णताको विकासको लागी विद्यालयले काम गर्नुपर्ने वताउनु भएको छ । कार्यक्रममा सल्लाहकार समितिका संयोजक विष्णु भुसाल, नेपाली काँग्रेसका डालेश्वर भुसाल, ने।क।पा। एमालेका सुनिल शेरचन, राष्ट्रिय जनमोर्चाका धन वहादुर वुढा, विद्यालय व्यावस्थापन समितिका नारायण धिताल, सल्लाहकार सदस्य टोपनारायण अर्याल, शिक्षक अभिभावक संघका अध्यक्ष सुर्य वहादुर अधिकारी, आर्थिक समितिका अध्यक्ष दुर्गादत्त खरेल, पूर्व विद्यालय समितिको तर्फवाट कुञ्जमणि भुसाल, रुद्रावति प्रथामिक विद्यालयका प्रधानाध्यापक सुवास नेपाली, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र पन्थी, सिवाईसि नेपाल खर्वाङ शाखाका वरिष्ठ प्रवन्धक शान्ति शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै आज भएको उच्च मावि तहको सटफुट प्रतियोगीतामा सगरमाथा सदनका वुद्ध घिमिरे प्रथम, धौलागिरि सदनका सागर नेपाली द्धितिय, अन्नपूर्ण सदन रमेश नेपाली तृतिय भएका छन् । त्यस्तै उच्च मावि तहकै ४ सय मिटर दौडमा अन्नपूर्ण सदनका मन वहादुर राना प्रथम, धौलागीरि सदन का सुधन पोखरेल द्धितिय, र सगरमाथा सदनका पशुपति नेपाली तृतिय भएका छन् । त्यस्तै मावि तहको सटफुट प्रतियोगीतामा शुक्र सदनका विपिन राना प्रथम, गंगा सदनका सुवास राना द्धितिय, तथा धर्म सदनका मनोज नेपाली तृतिय भएका छन् । त्यस्तै पिटि प्रदर्शन तथा मार्चपास प्रतियोगीतामा धर्म सदन प्रथम, दशरथ सदन द्धितिय तथा गंगा र शुक्र सदन तृतिय भएका छन् ।
प्रभात फेरी ले खर्वाङ वजार परिक्रमा गरि सभामा परिणत भएको कार्यक्रममा सरस्वति पुजा, झण्डोत्तोलन लगाएतका कार्यक्रम भएका थिय । २०१७ साल पौस ९ गते दगातुन्डाडाको वडा नं। ६ नेटामा स्थापना भएकोविद्यालय २०२८ सालमा दगातुन्डाडा ७ को दनिया हुँदै २०५६ सालमा खर्वाङमा स्थानान्तरण भएको थियो । प्राथमिक तहवाट शुरु भएको विद्यालय निमावि, मावि, हुँदै उच्च मावि तहमा शिक्षा, मानविकि, र व्यावस्थापन संकायमा पठन पाठन हुँदै आएको छ । वागलुङ जिल्लाको क्षेत्र नं। ३ को शैक्षिक गुणस्तरमा पहिलो भएको विद्यालयमा कक्षा १ देखिनै कम्प्यूटर शिक्षा तथा अंग्रेजी माध्ययम वाट समेत पठनपाठन हुँदै आएको छ ।
आजको कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीसको अध्यक्षता, सहायक प्राचार्य शिव पोखरेल र विद्यार्थीको तर्फवाट कक्षा ५ कि छात्रा मनिषा घर्तिको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
भोली भलिवल प्रतियोगिता , हाजिरिजवाफ, दौड, रेकर्ड नृत्य लगाएतका प्रतियोगीतात्मक कार्यक्रम हुने खेल शिक्षक नरिश्वर खरेलले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.