"2513058968709111" /> लक्ष्मीनारनारायण महिला कृषि सहकारी वामीको दा्स्रो साधारण सभा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

लक्ष्मीनारनारायण महिला कृषि सहकारी वामीको दा्स्रो साधारण सभा सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
पौष १०–
लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामी को दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष दिल कुमारी मल्लको सभापतित्व रहेको कार्यक्रममा रुद्राबति बहुमुखी क्याम्पस वामीका सञ्चालक समितिका अध्यक्ष महेश बहादुर जीसीको प्रमुख आतित्थता रहेको थियो । कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै उद्योग बाािण्ज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, नेकपा एमाले वामी गाँउ कमिटिका अध्यक्ष नारायण सापकोटा, एमाओबादी वामीका अध्यक्ष भुवन केसी, दरमखोला लघु जलबिद्युत परियोजनाका सञ्चालक अग्निधर अर्याल, वामी प्रह्री चौकी वामीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकाल, ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय वामीकी ब्रह्मकुमारी देबिका, परोपकार बहुउद्देश्यीय संस्था लिमिटेड वामीका सचिब गोपीकृष्ण खरेल, राष्ट्रिय जनमोर्चा वामीका सुन्दर प्रधान, शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा, गौमती प्राबि वामीकी निर्मला देबी श्रेष्ठले महिला सहभागीतामा जोड दिदै चुलो चौकोमा मात्र सिमित नभई आय आर्जनका कामबाट उद्यमशिल बनी पुरुषको दाँजोमा अगाडि बढ्नु पर्ने भन्दै महिला र पुरुष दुबै नेतीकवान र चरित्रबान हुनुपर्ने कुरामा जोड दिएका थिए । साथै उनीहरुले आफ्नो आयआर्जनको ५० प्रतिशत बचत गरी आफुलाई भबिष्य प्रति सजग हुन आग्रह समेत गरेका थिए । संस्थाकी सचिब यमुना घिमिरेले संस्थाको २०७० श्रावण देखी २०७१ सम्मको संस्थाको गतिबिधि, बर्तमान अबस्था सम्बन्धि बिबरण तथा आगामी कार्यक्रम सहितको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले २०७१ बैशाख १३ गतेदेखी वामीमा हाट बजार सञ्चालन गर्दै आएको , बिभिन्न क्षेत्रमा कृषि सम्बन्धी तालिम सञ्चालन गरिएको र आगामी बर्षमा महिलाको आयआर्जनको लागी बिभिन्न ब्यबसायीक कृषि कार्यक्रमहरु पनि सञ्चालन गर्न लागीरहेको प्रतिबेदनमा उल्लेख रहेको छ । साथै संस्थाले महिलाहरुकाृे बचत गर्ने बानीको बिकास गराउनको लागी महिलाहरुको मासिक बचत रु ५० बाट बढाएर १०० पुर्याउने समेत आगामी योजना पारीत गरिएको समेत संस्थाकी सचिब घिमिरेले बताउनुभयो । कार्यक्तममा संस्थाकी लेखा सयाेंजक सुनमाया बोद्धाार्यले आर्थिक बर्ष २०७०–७१ को १२ लाख ७२ हजार पाँच सय पाँच रुपैया ७८ पैसा बराबरको आर्थिक प्रतबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाकी कोषाध्यक्ष द्धोय मायादेबी खराल तथा देबी सापकोटाको स्वागत रहेको कार्यक्रममा संस्थाका शेयर सदस्य, बिभिन्न राजनीतीक दलका प्रतिनिधिहरु, समाजसेबी, बुद्धिजीवी, शिक्षाप्रेमी, ब्यापारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिब यमुना घिमिरेले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.