"2513058968709111" /> गएरातिको वर्षाले बागलुङ्को विभिन्न स्थानमा यातायात अवरुद्ध,स्थानीयहरु मर्कामा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गएरातिको वर्षाले बागलुङ्को विभिन्न स्थानमा यातायात अवरुद्ध,स्थानीयहरु मर्कामा ।।

अनिश गैरे वामी गूल्मी
भाद्र ८
गएरातिको वर्षाले बागलुङ्को
विभिन्न स्थानमा यातायात सेवा अवरुद्ध भएको छ ।
बागलुङको हटिया देखि वामीटक्सार सम्मको सडकखण्ड गएरातिको वर्षासगैं ठाउँ ठाउँमा पहिरो गएपछि अवरुद्ध बनेको हो ।वर्षाको कारण हटियाका विभिन्न ठाउँ तथा काँडेबासका विभिन्न ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध बनेसगैं स्थानीयहरु मर्कामा परेका छन् ।हटिया अन्तर्गत पर्ने घट्टे खोलामा रहेको अस्थायी रुपमा बनाईएको बाँध पुरीदिएपछि सवारी आवतजावतमा समस्या भएको स्थानीय हिमाल बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतले भन्नुभयो “यहाँ राखिएको पुल समेत जिर्ण भएको छ,पुल बाट आवतजावत गर्न सकिने अवस्था छैन् ।त्यसै माथि हिँजोको वर्षाले अस्थायी बाँध समेत पुरीदिएपछि त झनै समस्या भएको छ ।
त्यस्तै सोही वर्षाले नै हटियादेखि काँडेबासको बीचमा पर्ने विभिन्न स्थानमा पनिे क्षति पुर्याएको छ ।मोटरबाटोको भेलले स्थानीयहरुको खेत पुरीदिएको बताईएको छ ।त्यस्तै काँडेबासमा रहेको पानी ट्याङ्की पनि पहिरोको जोखिममा परेको छ ।उक्त पानी ट्याङ्की पहिरोले बगायो भने स्थानीय वस्ति पनि जोखिममा पर्ने छ ।उता दरमखोला लघुजलविद्युत परियोजना ३ को पनि नहर पनि पहिरोले क्षति पुर्याएपछि उक्त परियोजना अन्तर्गतको विद्युत सेवा अनियमित भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.