"2513058968709111" /> काङ्ग्रेसले पननिर्माणमा सहयोग गर्ने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

काङ्ग्रेसले पननिर्माणमा सहयोग गर्ने ।।

प्रेम सुनार, गुल्मी ।।
आगोलागीबाट ध्वस्त भएको गुल्मी दजाकोट गाउँको पुनरसंरचनामा नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ सक्रियता पुर्वक जुट्ने बताएको छ । आज सो पार्टीका महाधिवेशन प्रतिनिधी तथा त्यस दजाकोट गाउँका छिमेकी ज्ञानु सापकोटा लगायतका काग्रेसजनले सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो बताउनुभएको हो । सापकोटाले बडागाउँ गाविसको वडा नम्वर–१ दजाकोट र २ को माझागाउँमा आफुहरु सुरुको उद्धार कार्यदेखि हाल सम्म जुटेको बताउँदै अव त्यहाँको पुनरसंरचनामा कांग्रेसजन थप सक्रियतापुर्वक लाग्ने बताउनुभयो । त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सचिव पुर्ण केसीले भोली देखि एक सय जना कार्यकर्ता परिचालन गरी अस्थाई घर टहरा निर्माणमा जुट्ने उद्घोष गर्नुभयो । उनले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघको संयुक्त मोचा बनाई सुरुमा १० वटा घर निर्माण गर्ने बताए । तरुण दलका कार्यवाहक जिल्ला अध्यक्ष भरत भलामी र नेवि संघ सभापति सुदर्शन खनालले पनि नेपाली कांग्रेसका प्रत्येक गाउँ कार्य समितिबाट कम्तीमा पनि १५ हजारका दरले सहयोग रकम संकलन गर्न लगाईएको र सो रकमबाट दजाकोटको पुनरसंरचना गर्न लागिएको बताउनुभयो । यसै विच नेवि संघ कार्यकर्ता निरज मरासीनीको नेतृत्वमा काग्रेसजनहरु आजै वडा नम्वर २ को माझगाउँमा ७ वटा अस्थाई घर– टहरा निर्माण गर्न पुगेको जनाईएको छ । उनको नेतृत्वमा प्रजातान्त्रिक युवा सञ्जाल गठन गरी त्यस तर्फ लागेको सञ्जालका व्यवस्थापक धर्मराज पाण्डे बताए । यसै विच नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुको ठुलो हिस्सा पनि आज त्यस गाउँको पुनरनिर्माणका लागि अव केहिवेर पछि जाँदै गरेको जनाईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.