"2513058968709111" /> गुल्मी दजाकोटका अग्निपीडितलाई को–कसले कति सहयोग गरे ? - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी दजाकोटका अग्निपीडितलाई को–कसले कति सहयोग गरे ?

gulmi - badagaunप्रेम सुनार, गुल्मी २०७३ बैशाख २१ । गत शनिवार वनमा लागेको आगोले ७१ वटा घर जलेर पीडत भएका गुल्मी बडागाउँ २ माझा गाउँ र वडा नम्व १ दजाकोटका जनतालाई विभिन्न व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । बडागाउँ गाविस सहायक दानबहादुर सोमईले दिएको जनाकारी अनुसार ७ विहानी युवा क्लव बडागाउँ मैदानबाट ९ हजार ७ सय ६० सहयोग भएको छ ।
नेपाल रेडक्रश मजुवा उपशाखा तथा वजार व्यवस्थापन समिति र त्यहाँको महिला समुहले संकलन गरेर १२ सय ७६ किलो चामल, दाल ३० किलो, आलु २ सय किलो, नुन ३ वोरा , विस्कुट ३ कार्टुन, चाउचाउ ७ कार्टुन्, सोयाविन १५ किलो, १२ वटा गुन्द्री, थाल ९ वटा , २१ वटा गिलास, २० वटा चम्चा र २७ हजार नगद सहयोग गरेका हस्तान्तरण गरिएको छ ।
कुर्घा–५ का प्रेम भण्डारीद्धारा एक एक वोरा चिउरा, भुजा र दालमोट सहयोग भएको छ । नेपाल औषधी व्यवसायी संघ गुल्मी र रेसुङ्गा अस्पताल तम्घासले चाउचाउ ५० कार्टुन र २ वोरा चिनी प्रदान भएको छ । ईन्द्रगौडा स्थित रुद्रवती होटलका मालिक छवि खरेलले १ हजार नगद सहयोग गरेका छन् ।
सोही स्थानका यज्ञलाल खरेलले २ हजार, हाल वेलायतमा रहेका वामी २ का दुर्गा सापकोटाकी सुपुत्रीहरु आकृति र अञ्जनाले ३ हजार १ सय , रेनपा–३ स्थित रेसुङ्गा चेतना मत्स्यपालन कृषक समुहबाट नुन २० पोका, चाउचाउ २० कार्टुन, पानी २० काटुन सहयोग भएको छ । त्यस्तै गुल्मी केयर विश्व सञ्जालबाट ९० लिटर तेल, ९० किलो नुन, १ सय ४० किलो चिउरा, २ कार्टुन विष्कुट र चकलेट १ काटुन हस्तान्तरण भएको छ ।
अनटेष्ट युवा क्लव रेनपा– वसपार्कबाट ५० काटुन, ५० कार्टुन चाउचाउ र विस्कुट १० कार्टुन सहयोग भएको छ । रायमाझी मिनीजोन भुवाचिदीका जिवन रायमाझीद्धारा भुजा ४५ कार्टुन , चाउचाउ ३ कार्टुन लगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।
गुल्मी युनाईटेड युवा क्लव तम्घास उदिनढुङ्गाद्धारा चाउचाउ ४५ कार्टुन, पानी १४ कार्टुन , विष्कुट २६ कार्टुन, दालमोट २ वोरा र चिउरा एक बोरा सहयोग भएको छ । कुर्घा ७ का खिमबादुर घर्तिद्धारा १ कार्टुन चाउचाउ, भुवाचिदीका ज्ञानु सापकोटाद्धरा नुन ६५ बोरा, सोही स्थानकी दुर्पता पछाईले िविस्कुट ६ कार्टुनर चाउचाउ २ कार्टुन सहयोग गरेकी छन् ।
गुल्मी उद्योग वाणिज्य संघबाट चाउचाउ ५० कार्टुन, विस्कुट १८ कार्टुन, पानी ७० कार्टुन, चिनी २० किलो, चामल २ सय किलो प्रदान गरिएको छ । नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाद्धारा ठुलो त्रिपाल १० थान र सानो त्रिपाल ६३ थान, कम्वल सानो ८३ थान ठुलो २५ थान, चिउरा २ वोरा चामल ४३ वोरा र आलु ६ वोरा प्रदान भएको छ ।
अदर्श वोर्डिङ्ग स्कुल तम्घासबाट चाउचाउ १० कार्टुन, गण्डकी वोर्डिङ्ग स्कुल तम्घासवाट तेला २ कार्टुन, मझेरी होटल तम्घासले चाउचाउ १० कार्टुन, बडागाउँ ५ पेगाका नारायण जिसी,तम्घासका रामप्रसाद वञ्जाडे, देवेन्द्र भलामी, टामलाल केसी र भरत थापाले पनि सयुक्त रुपमा खाद्यपदार्थ प्रदान गरेको छन् ।
आँपचौर–७ का गोपाल बिश्वकर्मा र वावुराम परियारद्धारा केरा र चउाचाउ, नेकपा एमाले वामी गाउँ कमिटीद्धारा ६२ कठ्ठा चामल, २ कार्टुन विस्कुट, चाउचाउ १८ कार्टुन, भुजा ११ कार्टुन, चिउरा ३ वोरा,चिउरा , दाल ३ वोरा, नुन ६ वोरा र नगद २० हजार ६८ सहित झण्डै डेढ लाख वरावरको सहयोग भएको छ ।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्णराज विष्टको पहलमा प्रत्येक परिवारलाई खाना पकाउने र खाने भाँडा , पानी भर्ने ड्रम प्रदान गरेका छन् । उक्त सहयोग नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तद्धारा विष्टले हस्तान्तरण गराएका हुन् ।
गुल्मी क्षेत्र नम्वर ३ का सभासद तथा पुर्व उर्जा मन्त्री समेत रहेका विष्टले ४ सय जना स्वयसेवक परिचालन गरेर आफ्नो निजी खर्चबाट जस्तापाता खरिद गरी अस्थाई वास व्यवस्थापन गरी दिने घोषणा समेत गरेका छन् । उक्त सहयोग हिजो दोश्रो दिन सम्मको हो । बडागाउँ गाविस कार्यालय सहायक दानबहादुर सोमईका अनुसार आज तोश्रो दिन बडागाउँ–६ जलुकेगाउँका वासीन्दाले सहयोग गरेका छन् । बडागाउँ–६ निवासी वलबहादुर खड्काले ११ हजार ५५ रुपैयाँ, आँपचौर–७ का कलाधर अर्यालद्धारा १ हजार , सोही स्थानकी पवित्रा सापकोटाद्धारा १ हजार, आँपचौर–६ का धनबहादुर थापाद्धारा १ हजार सहयोग भएको छ । त्यस्तै स्थानिय शान्ति समिति गुल्मीबाट २० हजार, हिंसा न्युनिकरण सचेतनना संस्था गुल्मीद्धारा १० हजार , बडागाउँ ४ काभला, देउराली,मालाचिदी, काफलठुटाका वासीन्दाहरुले ८७ हजार २ सय १० रुपैयाँ सहयोग गरेका छन् । बडागाउँ–३ , डाँडाथोकका वासीन्दाले ६० हजार ९ सय सहयेग गरेका छन् । त्यस्तै ठुलो परिणाममा आज सदरमुकाम तम्घासबाट पुगेको नागरिक समाजले खाद्य पदार्थ र र लत्ता कपडा र भाँडाहरु सहयोग गरेको छ । हिजो आईतवार तम्घास वजारमा सहयोग संकलन गर्न हिडेको गुल्मी उद्योगा वाणिज्य संघ, नागरिक समाज, स्थानिय शान्ति समिति र राजनैतिक दलले आज दजाकोटमा पुगेर २ लाख भन्दा बढि रकम वरावरको खाद्यन्न र जिन्सी प्रदान गरेको हो ।
हस्तान्तरण गर्न एकिकृत नेकपा माओवादीको तर्फबाट जिल्ला सदस्य धर्म बिश्वकर्मा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन राना, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डे, नेपाल पत्रकार महासंघका सचिव तारा भुसाल लगायत पुगेका थिए । त्यस्तै नेपाल रेडक्रश सोसाईटी गुल्मीले आज थप ७५ थान टेण्टवावाल त्रिपाल शाखाका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रदान गरेका छन् । त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले शुद्ध पानी पिउनका लागि ७२ थान फिल्टर प्रदान गरेको छ । कफि विकास केन्द्र आँपचौर गुल्मीले ५ सय ५० किलो कफी प्रदान गरेको छ । भुसाल ट्रेडर्श तम्घासले २ वण्डल जस्ता पाता हस्तान्तरण गरेको छ ।
बडागाउँ–९ का चित्रबहादुर कार्की र धनराज भट्टराई एक वोरा चामल , कल्याणकारी आमा समुह तम्घासले ७ वोरा चामल, चिनी १ वोरा , चिउरा १ वोरा, स्वयाविन १ वोरा, तोरी तेल २ प्याक, अलु १ वोरा सहित २५ हजार वरावरको सहयोग गरेको छ । निर्माण व्यवसायी संघ गुल्मीले आज देखि २ ट्रिपका दरले पाँच दिन सम्म पानी बोकेर सहयोग गर्ने भएको जनाईएको छ ।
अहिले सम्म सवै भन्दा ठुलो नगद सहयोग आँपचौरका वासीन्दाले गरेका छन् । माथील्लो आँपचौरको मुख्य गाउँबाट १ लाख ८६ हजार नगद , ठुलो परिणाममा खाद्यन्न र गुन्द्री संकलन गरिएको छ । आँपचौरकै ईन्देगौडा वजारबाट १ लाख ५५ हजार नगद , खाद्यन्न र गुन्द्री संकलन भएको छ ।
आँपचौरका समाज सेवीहरुले आजै दजाकोट आएर उक्त सामग्री र कुल ३ लाख ४१ हजार हस्तान्तरण गरिएको छ । त्यस्तै शान्तिुपुर वजारवासीहरुले पनि १ लाख १ हजार १ सय ५ रुपैयाँ नगद र सोही म जिन्सी राहत सामग्री हस्तान्तरण गरेर फर्किएको शान्तिपुरका समाज सेवी द्रोण खत्रीले जानकारी दिए । उनका अनुसार शान्तिपुरको शैक्षिक संस्था, उद्योग वाणिज्य संघ, उदय शान्ति युवा क्लव, सामुदायिक विद्युत , रेडक्रश र शान्तिपुर वजार व्यवस्थापन समिति लगायतको सक्रियतामा उक्त रकम र जिन्सी संकलन गरी हस्तान्तरण गरिएकोहो । हस्तान्तरण कार्यक्रममा शैक्षिक संस्थाको तर्फबाट उनै खत्री, रेडक्रशको तर्फबाट भानुभक्त सुवेदी, वाणिज्य संघबाट ईस्वरी सापकोटा, विद्युतको तर्फबाट दिपक सापकोटा, क्लवको तर्फबाट अध्यक्ष यादव श्रेष्ठ, लगायत पुगेक थिए । यो सहित आज तेश्रो दिन साँझ सम्म ७ लाख १७ हजार ३ सय १८ रुपैयाँ नगद संकलन भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.