सरकारले पुनरनिर्माणमा सहयोग गर्छ : गृहमन्त्री
प्रेम सुनार, गुल्मी ।।
गत शनिवार गुल्मीको बडागाउँ १ को दजाकोट र वडा नम्वर २ को माझागाउँमा आगोेले जलेर नष्ट ७० भन्दा बढि घरहरुको अवलोकन गर्न आई पुगेका गृहमन्त्री शक्तीबहादुर बस्नेतले पुनरनिर्माणका लागि सरकाले सहयोग गर्ने बताउनु भएको छ ।
उहाँले तत्कालका लागि सरकारले प्रति परिवार दुई वण्डलका दरले जस्ता पाता वितरण गर्ने र पिडित परिवारका सदस्यहरुलाई आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई उहाँले पिडित जनताको जिवन स्तरमा सुधार आउने कार्यक्रमहरु तत्काल सिफारिस गरेर पठाउन निर्देशन दिदै उक्त सिफारिसहलाई सरकारलेसम्वोधन गर्ने बताउनुभयो ।
उहाँँले पुनरनिर्माणका लागि सरकारले थप सहयोग के गर्न सक्छ त्यसका लागि आफुले मन्त्री परिषदमा कुरा राख्ने बताउनुभएको छ ।
एकिकृत नेकपा माओवादीका स्थाई कमिटी सदस्य समेत रहेका गृहमन्त्री बस्नेतले त्यस दजाकोट र माझागाउँमा सरकारले तत्काल लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सञ्चालन गर्ने लागेको जानकारी दिनुभभयो ।
उहाँले बडागाउँ मुसिकोटका राजनैतिक दलहरुले प्रहरी चौकीको माग गरे पछि हाललाई अस्थाई प्रहरी चौकी राख्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन थिए । दुई गाविसको कहाँनिर राख्न उचित हुन्छ त्यसवारे छलफल गरेर मन्त्रालयमा पठाउ प्रमुख जिल्ला अधिकारीलाई आग्ह गर्नुभएको छ ।
जिल्लाका सर्वदलिय टोलीले गृह मन्त्री वस्नेत संग जिल्लाभरका अन्य अग्नी पिडितलाई पनि सरकारले सम्वोधन गर्न आग्रह गरे अनुरुप गृहमन्त्री बस्नेतले सवैलाई सोही अनुरुप सरकारले सम्वोधन गर्ने बताए । त्यस्तै उनिहरुले यहाँको विकास निर्माणमा पनि सरकारको ध्यानकृष्ट गराएका थिए ।
गृह मन्त्री वस्नेतले आफुले मन्त्री परिषदमा यहाँका समस्याहरुका वारेमा कुरा राख्ने बताएका थिए । सरकारले निकै आकर्षक खालकाृ वजेट ल्याउँदै छ भनिएको छ नि ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले छोटो प्रतिकृया दिदै भने–‘ आकर्षक भन्दा पनि जनताको अपेक्षा पुरा गर्ने खालको वजेट ल्याईदै गरेको बताए ।
नेपाली कांग्रेसलाई समेत सरकारमा ल्याएर राष्ट्रिय सरकार बनाउने चर्चा छ नि ? भन्ने अर्को प्रश्नमा उनले भने–‘ अवस्य पनि आजको अवस्यकता भनेकै राष्ट्रिय सरकारको हो , त्यसका लागि सरकारले पहल गरिहेको छ । गृह मन्त्री संगै अवलोकनमा आएका नेकपा एमालेका सचिव तथा पुर्व मन्त्री प्रदिप ज्ञवालीले दजाकोट र माझगाउँका अग्नी पिडितहरुका लागि थप सहयोगका लागि सरकार संग कुरा राखेको र चाँडै क्याविनेटबाट निर्णय गराउने बताए ।
त्यस्तै क्षेत्र नम्वर २ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले अग्नी पिडतहरुलाई झुल लगायतको कपडा लत्ता आफुले तत्काल झिकाएको बताए । अर्की सांंसद सिर्जना तरामुले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् ।
गृह मन्त्री र केन्द्रिय नेताहरुलाई प्रमुख जिल्ला अधिकारी कँडेल, स्थानिय विकास अधिकारी डिलाराम पन्थी, सुरक्षा निकायका प्रम्ुख र राजनैतिक दलका नेताहरुले लगायतले स्वागत गरेका थिए ।

No comments: