नेपाली काङ्ग्रेसले बडागाँउमा १० टहरा निर्माण गर्याे ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
(सामुदायिक रेडियो पुष्पाञ्जली, वामी गुल्मी )
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ले बडागाँउ वडा नम्बर १ मा १० ओटा अस्थायी टहरा निर्माण गरेको छ । पार्टी पदाधिकारी, भातृ संगठन लगायतको सहयोगमा टहरा निर्माण गरिएको हो ।

हिजो मात्रै वडा नम्बर १ मा ५ वटा अस्थायी टहरा निर्माण गरिएको थियो भने आज ५ गरी १० अस्थायी टहरा निर्माण गरिएको क्षेत्रिय सभापति अशोक थापाले जानकारी दिनुभयो ।

टहरा निर्माणमा जस्तापाता सहितका अन्य सम्पुर्ण आमाग्रीहरु आफैले ब्यबस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो । वडा नम्बर १ का निर बहादुर पचभैया, लोक बहादुर पचभैया, युक्त छन्याल, लाल बहादुर सिँजाली, तुल बहादुर पेमी, हुम बहादुर पेमी, टेक बहादुर राकसकोटी, बोम बहादुर राकसकोटी, रिम बहादुर राकसकोटी, नन्द बहादुर राकसकोटीलाई सोही नबनिर्मित अस्थायी टहरा हरु हस्तान्तरण गरिएको क्षेत्रीय सचिब पुर्ण केसीले जानकारी दिनुभयो ।

निर्माणको क्रममा नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, होटल ब्यबसायी संघ लगायतको पनि उल्लेखनीय रुपमा सहभागीता रहेको थियो ।
निर्माण कार्यमा काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ का जिल्ला सभापति सुदर्शन खनालको संयोजकत्वमा ७० जना स्वयमसेबक, तरुण दलका कार्यबाहक अध्यक्ष भरत भलामीको संयोजकत्वमा १५ जना, होटल ब्यबसायी समितिका कार्यबहाक अध्यक्ष भेषराज कंडेलको संयोजकत्वमा ५ जना स्वयम सेबक परिचालन गरिएको थियो ।

No comments: