त्रिभुबन उमाबि कुर्घाले अग्नि पिडीत बिद्यार्थीलाई बर्ष भरी निशुल्क पढाउने, आज एक कार्यक्रमका बिच शैक्षिक सामाग्री हस्तान्तरण ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
(सामुदायिक रेडियो पुष्पाञ्जली, वामी गुल्मी )
गत शनिबार बडागाँको माझगाँउ र दजाकोटमा भएको आगलागी पिडीत हरुको लागी त्रिभुबन उमाबि कुर्घाले सहयोग गरेको छ । आफ्नो बिद्यालयमा अध्ययनरत बडागाँउका अग्नि पिडीत १२ जना बिद्यार्थीहलाई एक समारोहका बिच शैक्षिक सामग्रीहरु बितरण गरिएको छ । अग्नि पिडीत बिद्यार्थीहरुलाई कापी, कलम, पुस्तक, जुत्ता, मोजा, टाई, बेल्ट, लगायत गरी ११ हजार बराबरको राहात बितरण गरेको बिद्यालयका शिक्षक सुकदेब रिजालले जानकारी दिनुभयो । उक्त राहात सामाग्री बिद्यालय ब्यबस्थापन समितिका सदस्य रुद्रहरी शर्मा र प्राचार्य राम बहादुर थापाले हस्तान्तरण गर्नुभएको थियो ।
साथै ब्यबस्थापन समितिले तिनै अग्नि पिडीत बिद्यार्थीहरुलाई यस शैक्षिक सत्र भरी लाग्ने सम्पुर्ण पुस्तक, कापी, प्राकटिस बुक, टेन सेट, कोचिङ्ग लगायत अन्य सबै शुल्कहरु मिनाहा गर्दै बर्ष भरी नै निशुल्क अध्ययन गर्ने बाताबरण सिर्जना गरिने बिद्यालयका प्राचार्य राम बहादुर थापाले जानकारी दिनुभयो । साथै बिद्यार्थीहरुलाई आबश्यकता अनुसार बिद्यालय पोशाक समेत ब्यबस्था गरिने छ । यसैबिच बिद्यालयमा रहेको नेपाल जुनियर रेडक्रस सर्कलले पनि बडागाँउका अग्नि पिडीतहरुलाई सहयोग गर्ने भएको छ । बिद्यार्थीहरु द्धारा संकलित करिब ४ क्विन्टल चामल भोली बितरण गर्न लागीएको समेत शिक्षक रिजालले जानकारी दिनुभयो । त्यसैगरी बिद्यालयका शिक्षकहरुले उठाएको १५ हजार १ सय ८३ रुपैया पनि भोली पिडीत समक्ष हस्तान्तरण गरिने बताइएको छ । उता बिद्यालयले भोली बिद्यालयका १०० जना बिद्यार्थीहरुलाई स्वयम सेबकको रुपमा खटाई बडागाँउमा सहयोग गरिने समेत बताएको छ ।

No comments: