"2513058968709111" /> नेपाली काङ्ग्रेसले आज ४ टहरा निर्माण गर्यो, निर्माण कार्य भोली पनि जारी रहने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेसले आज ४ टहरा निर्माण गर्यो, निर्माण कार्य भोली पनि जारी रहने ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
सामुदायिक रेडियो पुष्पाञ्जली, वामी गुल्मी 
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ले बडागाँउ वडा नम्बर १ मा टहरा निर्माण कार्य शुरु गरेको छ । पार्टी पदाधिकारी, भातृ संगठन लगायतको सहयोगमा टहरा निर्मााण् कार्य शुरु भएको छ । आज मात्रै वडा नम्बर १ मा ४ वटा अस्थायी टहरा निर्माण गरिएको छ भने २ घर सफा गरिएको छ ।

टहरा निर्माणमा जस्तापाता सहितका अन्य सम्पुर्ण आमाग्रीहरु आफैले ब्यबस्था गरिएको क्षेत्रिय सभापति अशोक थापाले जानकारी दिनुभयो ।
निर्माणको क्रममा नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, होटल ब्यबसायी संघ लगायतको पनि उल्लेखनीय रुपमा सहभागीता रहेको छ । निर्माण कार्यमा काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ का जिल्ला सभापति सुदर्शन खनालको संयोजकत्वमा ७० जना स्वयमसेबक, तरुण दलका कार्यबाहक अध्यक्ष भरत भलामीको संयोजकत्वमा १५ जना, होटल ब्यबसायी समितिका कार्यबहाक अध्यक्ष भेषराज कंडेलको संयोजकत्वमा ५ जना स्वयम सेबक परिचालन गरिएको छ ।

टहरा निर्र्माण कार्य भेली पनि जारी रहने क्षेत्रीय सचिब पुर्ण केसी ले जानकारी दिनुभयो । जम्मा जम्मी ८ टहरा निर्माण गरिने बताइएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.