"2513058968709111" /> नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब सम्पन्न ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
(सामुदायिक रेडियो पुष्पाञ्जली, वामी गुल्मी )
नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कायक्रममा बिद्यालयका संस्थापक प्रद्यानाध्यापक केदार प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको बिशिष्ट आतित्यथा रहेको थियो । त्यसैगरी मुल समारहेका संयोजक हरि बहादुर थापा, नेका युबा नेता दामोदर भुषाल, बुटवल बहुमुखी क्याम्पसका प्राद्यापाक डाक्टर बुद्ध थापा,पूर्वाञ्चल विश्व विद्यालय विराटनगरका उपप्रध्याप डा.उत्तम रेग्मी,राष्ट्रिय अनुसन्धानका पूर्व एसएसपी भिम बहमदुर थापा, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायतको विशेष उपस्थिती रहेको थियो ।कार्यक्रममा रु ४० हजार भन्दा  माथी सहयोग गनूहुने चन्दादताहरुलाई सम्मान गरिएको थियो भने बिद्यालयका प्राचार्यले बिद्यालयको सम्पुर्ण गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन  एभिन्युज टेलिभिजनका मदन खाती, सञ्चारकर्मी भुवन भुषाल र शिक्षक अच्युत गीरीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.