"2513058968709111" /> श्रीमानले किस दिन नमानेपछि आत्मा हत्या - अनिश शर्मा गैरे
Breaking News
recent

श्रीमानले किस दिन नमानेपछि आत्मा हत्या

प्रेम विवाहको तिन महिनामै वियोग

प्रेम सुनार
गुल्मी बैशाख ।
तिन महिना अघि मात्र प्रेम विवाह भएको थियो  गुल्मी हाडहाडेका कृष्णबहादुर राना दम्पत्तीको । विवाहका दिन देखि उनिहरु जोडी ढुकुर जस्तै मिल्ने र  एक छिन छुटिन चाहन्नथे । दिउँसो काममा हिडेका कृष्णबहादुर साँझ घर आउन अवेर गरेपछि छटपटाउथिन उनकी १९ वर्षिया श्रीमति मनिषा । त्यस दिन पनि कृष्णले अलि अवेर गरेपछि उनले काम गर्ने ठाउँमै लिन गएकी थिईन्।
    धुवाँ रहित चुलो बनाउने काममा लागेका कृष्णले यहाँ साँझ खान पिन छ जाउ तिमी म अलि ढिला आउछु भनेर पठाएका थिए । उनि फर्किएको केहि घण्टा पछि साँझ करिव ८ वजेतिर कृष्णबहादुर घर आएर  विस्तरामा आराम गरिरहेका थिए । कृष्णबहादुर भन्छन् –‘सौ–साँझै थियो एक्कासी तल भान्छा कोठाबाट माथी आएर मलाई उनले हाम्हालीन र किस गर्न भनिन् । मैले भने के तोरो दिमाग खुस्केको छ र ?  सौ–साँझैमा त्यस्तो गर्ने ? वाहिर मान्छे छन् भनेर  त्यसो गर्न मानिन ।
  त्यस पछि  उ ल ठिक  छ भन्दै  झोक्कीएर तल झरेको मान्छे केहि वेरपछि झुण्डीएको अवस्थामा  देखियो । ’  स्थानियवासी पनि भन्छन–‘उनको आत्माहत्या एउटा खेलाँची जस्तै भयो । ’ माईतीजनले रहस्यमय घटना भन्दै  शव उठाउन नदिए पछि  तिन दिन पछि वल्ल आज दिउँसो करिव साढे तिन वजेतिर मात्रै जिल्ला अस्पतालबाट शव बुझेका छन् उनका श्रीमानले ।
 यो घटना हो गुल्मीको हाडहाडे–६ सोमरभोमर गाउँको । त्यस गाउँकी १९ वर्षिया मनिषा राना जिसीले बैशाख ५ गते साँझ करिव साढे ८ वजेको समयमा घरको कोठामा गलामा डोरीको पासो लगाई आत्मा हत्या गरेको प्रहरीको भनाई छ । तर माईतीजनले उनले आत्मा हत्या गरेको स्वीकार गरेका छैनन् ।
    हिजै पोष्टमार्टम गर्न जिल्ला प्रहरी कार्यालयले जिल्ला अस्पताल पुराएको थियो उनको शव । तर माईतीजनले गर्न दिएनन् र निष्पक्ष छानविनको माग गर्दै निवेदन दिए । आज  प्रहरीले निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाए पछि शव लैजान दिएका हुन् ।  तिन दिन देखि रोएर आँखा रातो पारेका कृष्णबहादुरलाई यहि पश्चतावले पोलेको छ कि  जिवन संगिनीले मागेको अन्तिम किस दिन नसकेकोमा ।
  ‘मैले त त्यस्तो गर्लिन भनेर कल्पना पनि गर्न सकेको थिएन् । पहिला खान पकाउ, खाएर वसौला भनेको थिए तर केहि वेरपछि त्यो हालतमा देख्दा छाँगाबाट खसे झैं भएँ’ –उनले भक्कानिदै भने –यस्तो मलाई जस्तो पश्चतापमा पार्ने काम अरु कसैले नगरुन् । ’  कृष्णबहादुरले वाल्यपन देखि नै यस्तै यस्तै ठक्कर खाँदै आएका रहेछन् । सानैमा आमाले दोश्रो विवाह गरेर  गईन् । वावुले पनि  दोश्रो विवाह गरेर भारततिर गए ।  अन्ततः उनि एक्लो भए । घरमा बस्न छाडे ।  उनलाई काका काकीले संरक्षण दिएर घरमा राखेका थिए ।  त्यही क्रममा कृष्णले गत फागनुमा मनिषाका माईतीजनलाई थाहै नदिई उनलाई भगाएर ल्याएका थिए ।
   मनिषाले उनै काका काकीको घरमा बसेर ९ दिन अघि मात्र एसएलसी परिक्षा दिएर सकेकी थिईन् । चैत्र २८ गते परिक्षा सकिए लगत्तै मनिषाले नयाँगाउँस्थित आमालाई फोन गरेर श्रीमानको थोत्रिन लागेको घर सिंगारेरै बस्छु आमा , भैसी पनि किनेर पाल्छु भनेकी थिईन् ।
  अँस्ती खोलामा बुढाबुढी संगै माछा मार्न आएका छौ भनेकी थिईन भने बुढाबुढीका  खुशीका हरेक कुरा  आमालाई सुनाएर सन्तोष दिलउने गर्थिन् । मेरो चिन्ता नगर्नु आमा सव ठिक छ सम्पत्ती नभएको होईन तर बझाएर हो घर पनि थोत्रिन लागेको छ । अव मैले त्यसलाई सजाएर त्यसैमा बस्छु , खेतीपाती  गर्छु गाई भैसी पाल्छु भनेर आमालाई फोनमा भनेको उनका वावु प्रेमबहादुर जिसीले बताए ।
  उनले आत्मा हत्या गर्नु अघि सुसाईट नेटमा ‘ हाप्पी न्यु ईअर माई डियर हजव्याण्ड कृष्ण आई मिस यु .... लेखेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी नायव निरीक्षक सत्यनारायण यादवले बताए ।  तर उनका वावु  जिसीले त्यो सुसाईट नोट भन्न नमिल्ने बताउछन् । त्यो कि नयाँ वर्षको दिन लेखेको हुनुपर्छ कित अरुले घटनालाई मोड्न लेखि दिएको हुनु पर्ने उनको आशंका छ ।
 मंगलवार मात्रै आत्मा हत्याको २ वटा र भवितव्यको दुई  सहित चार वटा शव सदरमुकाममा ल्याईएको प्रहरी निरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार हिजो वामी–८ का  १४ वर्षिय वालक सुरज बिकले झुण्डीएर आत्मा हत्या गरेका थिए ।  त्यस्तै बढिघाट खोलामा मृत फेला परेकी वलिथुम–१ की ४० वर्षिया भेषमती घर्ति र जोहाङ्ग–१ चोरकाटेमा साथी संग काठमाण्डौबाट आएकी म्याग्दीको दाना–८ की २० वर्षिया गीता केसी नहाउने क्रममा  बढिघाट खोलामा डुवेर मृत्यु भए पछि उनको  शव पनि आज पोष्टमार्टम गरी परिवारलाई बुझाईको हो ।
 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.