नेकपा एमाले वामीले श्रद्धाञ्जली सभा सम्पन्न गर्यो ।।
अनिश गैरे , वामी गुल्मी
पौष ०९–
नेकपा एमाले वामी गाँउ कमिटिको अयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले वामी गाँउ कमिटिका सक्रिय सदस्य मान बहादुर बिश्वकर्माको ११ आँै दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेकपा एमाले क्षेत्रीय कमिटिका सदस्य तथा वामी दलित सञ्जालका अध्यक्ष अर्जुन बिकको सभापतित्व रहेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार समिति गुल्मीका सदस्य महेश जीसीको प्रमुख आतिथ्यता रहेको थियो । शारदा बिद्या मन्दिर माद्यामिक बिद्यालय वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटाको बिशेष आतिथ्यता रहेको सभामा शारदा बिद्या मन्दिर माबि वामी मैदानका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठग बहादुर केसी, नेकपा एमाले वामी गाँउ कमिटिका सदस्य जित बहादुर बिक, वामी गाँउ कमिटिका सदस्य हिरा बहादुर बोहोरा, वामी गाबिस सहायक उज्जवल खत्री, दलीत सञ्जाल वामीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि जीसीले उहाँले आरान क्षेत्रमा काम गरी झण्डै ४ सय मानिसहरुलाई सेबा पुर्याएको भन्दै मृतात्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै समबेदना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नकपा एमाले वामी गाँउ कमिटिका अध्यक्ष नारायण सापकोटाले गर्नुभएको थियो । २०१८ साल पौष २७ गते जन्मनुभएका उहाँको गएको मङ्सिर २८ गते ५३ बर्षको उमेरमा निधन भएको थियो ।

No comments: