"2513058968709111" /> जिल्ला प्रशासन कार्यालयको सेवा सम्बन्धमा गुनासो संकलन - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला प्रशासन कार्यालयको सेवा सम्बन्धमा गुनासो संकलन

गुल्मी ,कार्तिक २३
सुशासन अभियान गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मीको सेवा सम्बन्धमा सेवाग्राहीहरुसँग गुनासो संकलन गरेको छ । सुशासन अभियान गुल्मी तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एलाक डीपी कार्यक्रम अन्तर्गत गुनासो संकलन गरिएको हो ।
कार्यालय परिसर अगाडि गुनासो डेस्क राखेर गरिएको गुनासो संकलनमा कार्यालयका कतिपय सेवामा कमजोरी रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अधिकांश सेवाग्राहीले पासपोर्ट समयै नपाएको गुनासो गरेको एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले जानकारी दिनुभयो । भनसुनका आधारमा कतिपय कर्मचारीले ढिला आउनेको काम पनि छिटो गरिँदिँदा सेवामा ढिलाई भएको कतिपयको गुनासो छ ।
यस्तै गरी प्रशासनको भवन साँघुरो, स्वच्छ खानेपानी तथा शौचालय नभएको, लगायतका गुनासाहरु सेवाग्राहीले गरेको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले वताउनुभयो । सेवाग्राहीहरुका गुनासाबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराई समस्याको समाधानमा पहल गरिने उहाँले वताउनुभयो ।
तर, कतिपय सेवाग्राहीहरुले भने पहिले भन्दा सेवामा सुधार आएको प्रतिक्रिया दिएका छन् । गुल्मीको पिपलधारका मनिराम उपाध्यायले पेन्सनपट्टामा नाम थर सच्याउने आफ्नो काम तुरुन्तै भएको वताउनुभयो । यस्तै पुर्कोटदहका दलवहादुर खत्रीले पनि पहिलेभन्दा अहिले निकै कम समयको प्रतिक्षामा सेवा पाएको वताउनुभयो ।
सुशासन अभियान गुल्मीले संचालन गरेको एलाक डीपी परियोजना अन्तर्गत जिल्लाका विभिन्न कार्यालयको सेवासम्वन्धमा गुनासो संकलन हुँदै आएको छ ।
एलाक डीपी कार्यक्रम सुशासन अभियान गुल्मीद्वारा गत वर्षदेखि गुल्मी जिल्लामा संचालित रहेको छ । यो कार्यक्रमले सरकारी कार्यालयको सेवा सुधारका लागि सेवाग्राहीबाट गुनासाहरु संकलन गरी सेवासुधारमा कार्यालयहरुको ध्यानआकर्षण गराउँदै आएको छ ।
कार्यक्रम अन्तर्गत जिल्लामा सुशासन अभिवृद्धिका लागि अन्तरक्रिया, छलफल, गोष्ठी लगायतका कार्यक्रमहरु यस वर्ष पनि संचालन हुने अधिकृत कुँवरले वताउनुभयो । उहाँले सरकारी कार्यालयको सेवा सम्वन्धमा कुनै गुनासो भएमा तम्घास पुतलीबजारमा रहेको संस्थाको कार्यालयमा सम्पर्क गर्न वा ०७९–५२०८५४ मा फोन गरी गुनासा टिपाउन आग्रह गर्नुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.