"2513058968709111" /> बागलुङमा दृष्टिविहिनले पढ्ने विद्यालयको अडियो लाईब्रेरी बन्द ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बागलुङमा दृष्टिविहिनले पढ्ने विद्यालयको अडियो लाईब्रेरी बन्द ।।

कार्तिक २३
दृष्टिविहिन बालबालिकालाई अध्यापन गराउनका लागि खोलिएको बागलुङको एक विद्यालयको अडियो लाईब्रेरी जशक्तिको अभावमा बन्द भएको छ ।
जिल्लाको नारायणस्थान गाविसको जनताधन उच्च माविमा स्थानपना गरिएको अडियो लाईबे्ररी दक्ष जनशक्ति नभएपछि बन्द भएको हो । दृष्टिविहनहरुलाई नयाँ नयाँ सूचना अडियोमार्फत सिकाउनका लागि विभिन्न निकायको सहयोगमा विद्यालयमा केहि वर्ष अघि लाईब्रेरी स्थापना भएको थियो । विद्यार्थीका लागि अग्रेजी माध्यममा ब्रेललिपि नएपछि लाईब्रेरीको प्रयोग गर्न थालिएको हो । लाईब्रेरी बन्द भएपछि विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले नेपाली भाषामा मात्र शिक्षा लिने गरेको विद्यालयको प्रधानध्यापक जगन्नाथ शर्माले बताउनुभयो । अडियो लाइब्रेरी व्यवस्थानका लागि विद्यालयले छुट्टै भवन निर्माण गरी अडियो रुमको व्यवस्थापनसँगै अन्य सँगै बसेर पढ्ने र सुन्ने वातावरण सिर्जना गर्न सभाहल समेत निर्माण गरिएको छ । विद्यालयले २५ बर्ष अघि देखि एकिकृत शिक्षा प्रणाली सञ्चालन गरेर दृष्टिविहिनलाई पढाउँदै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.