"2513058968709111" /> नेपाल तरुण दल क्षेत्रिय अधिवेशन तदर्थ समिति दगातुम्डाँडाको बैठक खर्बाङमा सम्पन्न,यही मसिंर ८ र ९ गते हुने क्षेत्रिय अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल तरुण दल क्षेत्रिय अधिवेशन तदर्थ समिति दगातुम्डाँडाको बैठक खर्बाङमा सम्पन्न,यही मसिंर ८ र ९ गते हुने क्षेत्रिय अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन ।।

,कार्तिक २३
नेपाल तरुण दल क्षेत्रिय अधिवेशन तदर्थ समिति दगातुम्डाँडाको बैठक खर्बाङमा सम्पन्न भएको छ ।
क्षेत्रिय तदर्थ समितिका सयोंजक दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यही मसिंर ८ र ९ गते हुन लागेको क्षेत्रिय अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न छलफल एवं विभिन्न उपसमितिहरुको गठन गरेको छ ।जसमध्ये नेपाल तरुण दल जिल्ला कार्य समिति बागलुङका सदस्य होम सिङ्जाली सयोंजक रहेको मञ्च व्यवस्थापन समिति,भूपू सैनिक सघं  दगाका सभापति होसियार सिहं थापा सयोंजक रहने गरि आवास व्यवस्थापन उपसमिति र नेपाल महिला सघं दगातुम्डाँडाकी सभापति सुमित्रा सापकोटा सयोंजक रहेको मेच व्यवस्थापन समितिको गठन गरेको छ  ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं ३ का महासमिति सदस्य अर्जुन शेरचनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल तरुण दल बागलुङका अध्यक्ष कृष्ण के.सी र नेपाल शिक्षक सघं बागलुङका अध्यक्ष सागर खरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।उक्त अवसरमा नेपाली काँग्रेस दगातुम्डाँडा गाउँ विकास समितिका गाउँ कार्य समिति सभापति रत्न बहादुर क्षेत्री,महाधिवेशन प्रतिनिधि यामेन्द्र घर्ति,नेपाल तरुण दल जिल्ला कार्य समिति बागलुङका सदस्य होम सिङ्जाली लगायतले कार्यक्रमलाई खर्चिलो,भड्किलो भन्दा पनि ऐतिहासिक बन्नु पर्ने बताउनुभएको थियो । ।त्यस्तै सोही अवसमा बोल्दै बक्ताहरुले तरुण दल सिर्जनशील,विकास र उदाहरणीय बन्नु पर्ने कुरामा जोड दिएको थियो ।बैठकमा नेपाली काँग्रेस गाउँ कार्य समितिका पदाधिकारीहरु,भातृ सगंठनका पदाधिकारीहरु ल्गायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाली कागँ्रेस गाउँ कार्य समिति दगाका सचिव तेज बहादुर अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चलान नेपाल तरुण दल गाउँ कार्य समिति दगाका सभापति गणेशमान चालिसेले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.