"2513058968709111" /> जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासका होटलहरुको अनुगमन गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासका होटलहरुको अनुगमन गर्यो ।।

गुल्मी ,कार्तिक २३
जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासका होटलहरुको अनुगमन गरेको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीको नेतृत्वमा प्रशासनले तम्घासका एक दर्जन बढी होटलहरुको अनुगमन गरेको हो । नयाँबजारबाट बाख्रेछेँडा सम्मका होटलहरु अनुगमन गरेको हो । अनुगमन टोलीले कतिपय होटलहरुको भान्छा सफा नभएकोले सफा गर्न सुझाव दिएको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।
 साथै कतिपय होटलहरुमा घरेलु मदिरा समेत विक्रि वितरण गर्ने गरेको पाईएको छ । साथै टोलीले केही मदिरा बरामद समेत गरेको छ । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पन्थी सहित प्रशासन कार्याल्यका पदम थापा, उद्योग बाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद पाण्डे, होटल ब्यवसायी मञ्चका उपाध्यक्ष भेषराज कंडेल, उपभोक्ता मञ्चका मुकुन्दहरी गौतम लगायतको उपस्थिति रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.