"2513058968709111" /> रुद्रावति डान्स च्याम्पियन्स २०७१ को फाईनल अडिसन हिजो वामीमा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रुद्रावति डान्स च्याम्पियन्स २०७१ को फाईनल अडिसन हिजो वामीमा सम्पन्न ।।

अनिश गैरे ,
सामुदायिक रेडियो पुष्पाञ्जली, ९७.४ मेगाहर्ज ,वामी टक्सार,गुल्मी
कार्तिक २३

वामीटक्सार युबा क्लब र फ्लो फिस्टा डान्स क्रिउ दिल्ली भारतको सयुंक्त आयोजनामा सञ्चालीत रुद्राबति डान्स च्याम्पियन २०७१ हिजो वामी टक्सार गुल्मीमा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष निरन बौद्धाचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लोकतान्त्रिक महिला सञ्जाल गुल्मीकी अध्यक्ष बिष्णु कुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न स्थलमा भएका अडिसन बाट ८ समुहको सहभागीता रहेको थियो । हिजो भएको फाईनल अडिसनमा नमुना जनसाँस्कृतिक मञ्च वामी १ प्रथम , हिमाली बलामी खर्बाङ बाग्लुङ् द्धितिय तथा पार्बती कार्की वामी १ तृतिय हुनुभएको छ । कार्यक्रममा प्रथम , द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई नगद तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । साथै कार्यक्रममा शैली प्रतिभा डिजिटल प्र.लि. द्धारा शैलि प्रतिभाका सर्बोत्कृष्ट द्धोय कलाकार महेन्द्र परियार र पार्बती बिसीको छाती भरी तिम्रो नाम नामक एल्बमको बिमोचन समेत गरिएको थियो । भने फ्लो फिस्टा डान्स क्रिउ दिल्ली भारतको डान्स प्रस्तुतीसमेमत रहेको क्रिउलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु रामचन्द्र चन्द , सम्झना लामीछाने टिकाराम पोखरेल साहित्य लगायत स्थानीय कलाकारहरुको बेजोड साङ्गीतीक प्रस्तुती रहेको थियो । कार्यक्रममा क्लबका सल्लाहकार योगेन्द्र कुमार श्रेष्ठ, शारदा बिद्या मन्दिर माद्यामिक बिद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटा , लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सोही अबसरमा ने.क.पा. एमाले गाँउ कमिटि वामीका अध्यक्ष नारायण सापकोटा,मालीका इग्लिस बार्डिङ् स्कुलका प्रिन्सीपल पुस्तकलाल श्रेष्ठ ,उद्योग बाणिज्य संघ वामीका सचिब महेश्वर घिमिरे , रुद्राबति सुनचाँदी ब्यबसायी संघ वामीका अध्यक्ष दिनेश खाती ,सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौ्ररब खत्री, गौमती प्राबि वामी १ की प्रध्यानाध्यापक निर्मलाश्रेष्ठ,लक्ष्मीनारायण प्राबि वामी १ की प्रध्यानाध्यापक सरिता कक्षपति, मनकामना मेडीकल हलकावामी टक्सारका डाक्टर बालकुमार सुब्बा ,  लगायत बिभिन्न राजनीतीक दलका प्रतिनिधिहरु , एबंम बिभिन्न संघसस्थाका प्रतिनिधिहरु ,लगायतको उपस्थिति रहेको थियो । क्लबका सल्लाहकार एबम सामुदायिक रेडियो पुष्पाञ्जलीका अध्यक्ष सुदर्शन शाक्यको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सचिब मेघ प्रसाद श्रेष्ठ र सञ्चारकर्मी बसन्त खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.