"2513058968709111" /> बाग्लुङमा जबर्जस्ती करणीका घटना बढ्दै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङमा जबर्जस्ती करणीका घटना बढ्दै ।।

कार्तिक २२
बागलुङमा जबर्जस्ती करणीका घटना पछिल्लो वर्षको तुलनामा बढेका छन् ।
पछिल्लो वर्षका आँकडाले जबर्जस्ती करणीका घटना बढ्दो क्रममा रहेको देखाएको छ । विविध कारणले महिला तथा कम उमेरका बालिकामाथि हुने जबर्जस्ती करणीका घटना वृद्धि भएका पाइएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो २७ महिनाभित्र २१ वटा जबर्जस्ती करणी र करणी उद्योगका घटना घटेका छन् ।  आर्थिक वर्ष ०६९÷७० मा जबर्जस्ती करणीका चार घटना भएकामा आर्थिक वर्ष ०७०÷७१ मा दोब्बर बढेर आठ पुगेका थिए । त्यस्तै जबर्जस्ती करणी उद्योग (प्रयास) का घटनामध्ये आव ०६९÷७० मा चार र ०७०÷०७१ मा चार घटना जिल्ला प्रहरीमा दर्ता भएका थिए ।    जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योग गरी दुईखाले मुद्दा प्रहरीमा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्काले बताउनुभयो । चालु आवको पहिलो त्रैमासिकमा पनि चारवटा जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । तीनवटा जबर्जस्ती करणी र एक जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको प्रनानि खड्काले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.