"2513058968709111" /> समानुपातिक सभासद दिलशोभा पुनद्धारा जिल्ला कारागार गुल्मीको अनुगमन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

समानुपातिक सभासद दिलशोभा पुनद्धारा जिल्ला कारागार गुल्मीको अनुगमन ।।

कार्तिक २८
सबिधान सभा सदस्य दिलशोभा पुनले जिल्ला कारागार गुल्मीको अनुगमन गर्नुभएको छ ।
नेकपा एमाले गुल्मीबाट समानुपातिक सभाषद बन्नुभएकी सबिधान सभा सदस्य दिलशोभा पुनले जिल्ला कारगार गुल्मीको अनुगमन गर्नुभएको हो । सभाषदको अनुगमनका बेला कैदी बन्दीहरुले उहाँसगँ गुनासोहरु मात्र राखेका छन । सभाषद पुनले जिल्ला कारागार गुल्मीको अनुगमन गर्नुका साथै त्यहाँ रहेका कैदी बन्दीहरुका समस्या तथा गुनासोहरु समेत सकंलन गर्नुभएको छ । गुल्मी जिल्लामा लामो समयसम्म मानव अधिकारका क्षेत्रका काम गर्नुभएकी सभाषदसगँ कारागार गुल्मीमा रहेका केही कैदीबन्दीहरुले अदालतले आफुहरुलाई तोकेको समय तथा जरिवान समय समाप्त भईसक्दा पनि छुटकारा नपाएको गुनासो राखेका थिए भने केहीले कारागारमा बन्दी जिवन बिताउदा परेका समस्याहरु राखेका थिए । कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेका गुल्मी वामीका चित्र वहादुर केसीले सभाषदसगँ आफ्नो सजाय समय सकिएको भएपनि आफु कारगारबाट बाहिर जान नपाएको गुनासो गरे । उनले नेपाल सरकारले नेपालीहरुको महान पर्व सगै राष्ट्रिय दिवसको अवसरमा ८० प्रतिशत कैद सजाय पाएका कैदीबन्दीहरुलाई छोड्ने गरेको भएपनि जिल्ला कागार गुल्मीबाट कोही नपर्दा आफुहरुलाई नेपाल सरकारले अपहेलना गरेको बताए । यस पटकको सिफासिरमा आफु नपरेकोमा भन्दा पनि प्रकृया संगत नभएकोमा आफु दुखी भएको समेत उनले सभाषद पुनसगँ गुनासो गरेका छन । विगत चार वर्षदेखि स्टाफ र चौकिदारको रुपमा कामगर्दै आएका केसीको आन्तरिक प्रशासनमा उनले निभाएको जिम्मेवारी पनि कारागारमा राम्रो मानिन्छ । “चौकिदारको भूमिका निर्वाह गर्न निकै चुनौती छ, भित्र केही घटना घटेमा त्यसको सवै भागिदार चौकिदारको हुन्छ, केसीले भने “ सवैलाई मिलाएर राख्नु पर्छ, सवैका गुनासोहरु सुन्नु पर्छ, तर जिल्लावाट पटक पटक सिफारिस भएर गएका नामहरु सरकारको सिफारिसमा नपर्नुमा यहाँ ईमान्दारीताको मूल्यांकन हुँदो रहेन छ भन्ने लाग्यो । ” उनी जस्तै कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद तोकिएका राम वहादुर विकको कैद भुक्तान भएको सात वर्ष वितिसक्यो ,उनलाई जिल्लावाट आठ पटक सिफारिस गरेर पठाइएको भएपनि यस पटक पनि उनको नाम सरकारको सिफारिसमा नपरेपछि आफुमाथी ठुलो अन्याय भएको रामबहादुरले गुनासो गरे । हिन्दू धर्मावलम्वीहरुको मुख्य ठूलो पर्व विजया दशमी तथा तिहारको अवशरमा सरकारले लामो समय कैद भुक्तान गरेका कतिपय वन्दीहरुलाई सिफारिस गरि छाडिदिने चलन रहेको छ । अन्य जिल्लाका कैदीबन्दीहरु दशै तिहारको समयमा छुटने भएपनि गुल्मी जिल्ला कारागारमा भने आठ पटकसम्म जिल्लावाट सिफारिस भएर पठाएका वन्दीहरुलाई सरकाले आफ्नो सिफासिरमा नपारेको अधिकाशं कैदीबन्दीहरुको गुनासो रहेको थियो । जिल्ला कारगार गुल्मीबाट अन्य जिल्लाको कारगारमा चलान भएका एउटै मुद्दामा एउटै सजाय भागेका साथी छुटिदा पनि गुल्मी कारागारमा भएकै कारण आफुभने छुटन नपाएको समेत कैदीबन्दीले गुनासो गरेका छन । एउटै मुद्दामा सँगै सजायँ भोगेका केहीलाई सरकाले सिफारिस गरि छाड्ने र कसैलाई जिल्लावाट पटक पटक सिफारिस गरि पठाउँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै वन्दीहरुले कतै आफ्नो मान्छे नभएका कारण आफुहरु माथि सरकाले पक्षपात त गरेन भन्ने आशंका समेत व्यक्त गरेका थिए । यता कागागार गुल्मीका रहेका पुरुषकैदीबन्दीले सभाषद दिलशोभा पुनसगँ आफ्ना सरकारसगँका बाहेक अन्य खेलकुदका समाग्रीहरुको समस्या भएको बताएका थिए । उनीहरुले राखेको खेलकुदका सामाग्रीहरु सभाषद पुनले तत्काल उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । त्यस्तै महिला कैदीबन्दीहरुले आफुहरुले सिलाइकटाई तालिमको माग राखेका थिए । उनीहरुको मागको पनि सभाषद पुनले तालिम सिकाउने प्रशिक्षक खोजेर त्यसको पनि समाधान गर्ने बताउनुभएको छ । गुल्मी जिल्ला कारगारमा २५ जनाको क्षमता भएपनि हाल ९३ जना कैदी बन्दी बस्दै आएका छन । कारागार अनुगमन गर्न सभाषदसगँको टोलीमा नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्थ, जिल्ला प्रचार बिभाग प्रमुख शेषकान्त्त गौतम, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिबलाल सुबेदी, उपाध्यक्ष अनिल खत्री, अनेरास्ववीयु जिल्ला सचिव राजेन्द्र विक्रम कुवँर लगायत रहनुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.