"2513058968709111" /> आगोलागी पिडीतहरुको लागई राहात संकलन जारी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आगोलागी पिडीतहरुको लागई राहात संकलन जारी ।।

गुल्मीको वडागाँउमा गाविसको वडा नं. १ र २ दजाकोट र माजगाउँ भन्ने स्थानमा सिङ्गो गाउँमा शनिवार लागेको आगोलागी पिडितहरुलाई बिभिन्न संघ संस्थाले सहयोग गरेका छन् । आगोलागीबाट धोवस्त बनेको गाउँलाई आईतवार गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको सक्रियतामा जिल्लाका राजनितीक दल,पत्रकार, बिभिन्न संघ संस्थाहरुले जिल्लाको सदरमुकाम तम्घासमा अग्नी पिडितलाई सहयोग संकलन गरेका छन् । सदरमुकाम तम्घासमा रहेका बिभिन्न पसलहरु, संघ संस्थाहरुको गरेको सहयोगमा रु २ लाख ६७ हजार नगद र २ लाख भन्दा वढीको खाध्यन्न, लत्ता कपडा, भाडाहरु संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो । संकलित रकम र खाध्यन्न सामाग्री सोमवार प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने महासचिव भुसालले जानकारी दिनुभयो । आगोलागी पिडितहरुलाई जिल्लामा एस एलसीको उत्तरपुस्तिका जाँच गर्ने शिक्षकहरुले पनि सहयोग गरेका छन् । शिक्षक हिरासिंह सराङकोटीको नेतृत्वमा रु १० हजार संकलन गरेको बताईएको छ । यस्तै आगोलागी पिडितहरुलाई तरकारी तथा फलफुल व्यवसायीहरुले ६ कट्टा आलु र ४ काटुन स्याउ सहयोग गरेका छन् । प्रभावित क्षेत्रमा शनिवारबाटै जिल्ला रेडक्रसको टोलीले राहत सामाग्री सहित पुगेको जिल्ला रेडक्रस गुल्मीका राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । टोलीले अत्याबश्यक सामाग्रीहरु वितरण गरेको छ । प्रभावित क्षेत्रमा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेल सहित जिल्लाका सरकारी टोलीले पनि अत्याबश्यक सामाग्री प्रभावित क्षेत्रमा लगेर वितरण गरेको छ । दैबिक बिपत्तीको यस दुखद घडिमा आगोलागी प्रभावित क्षेत्रमा पुगि जिल्लाका प्रमुख जिल्ला अधिकारी कँणेलले दुख व्यक्त गर्दै धैर्यता रहन आगोलागी पिडितहरुलाई आग्रह गर्नु भएको छ । आगोलागी प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार भएपछी गुल्मीमा रहेको साइन रेसुङ्गा बिकास बैकले पानी पु¥याउने काम गरेको छ । बैकले एक सवारी साधन मार्फत पानी बोकेर प्रभावित क्षेत्रमा पु¥याउने काम गरेको छ । आगोलागीको खबर बाहिर आएसगै लोक तथा दोहोरी गायिक मञ्जु पौडेलले पनि सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले सामाजिक संजाल मार्फत दुख व्यक्त गर्दै गुल्मी जिल्ला अष्ट्रेलिया मार्फत अभियान सञ्चालन गर्नु भएको बताइएको छ । आगोलागीबाट वडागाँउको दजाकोटमा ७० घर र थोर्गामा ६ घर जलेरनष्ट भएको छन् भने आगो निभाउँने क्रममा वडागाउँमा एक जनाले ज्यान गुमाएका थिए ।
यसैबिच
वडागाउँका अग्नी पीडितहरुलाई स्थानीय शान्ति समिति गुल्मीले नगद २० हजार सहयोग गरेको छ । शनिवार आगोले वडा नं १, २ र ३ का करिव ७१ घर नष्ट गरेपछि बिस्थापित भएका परिवारलाई सहयोग गरेको हो । स्थानीय शान्ति समितिका पुर्व संयोजक जीवन राना सहितको टोलीले दैविक प्रकोप वडागाउँ राहत संकलन समितिको संयोजक गाविस सचिव यमकान्त पौडेललाई सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्न पुर्व संयोजक द्धय जीवन राना र निर्मला पोख्रेल, सचिवालय सदस्य टोप बहादुर खत्री, अखिलेश्वर प्रसाद पाण्डेय, अमृता देवि कुवंर र समितीका कार्यालय सचिव नारायण बहादुर कुमाल सहितको टोली सोमबार वडागाउँ पुगेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.