"2513058968709111" /> बाग्लुङको ग्वालीचौरमा रहेको थानापती मन्दिर उचित संरंक्षणको अभाबमा ओझेलमा पर्दे ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङको ग्वालीचौरमा रहेको थानापती मन्दिर उचित संरंक्षणको अभाबमा ओझेलमा पर्दे ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली ,वामी टक्सार,गुल्मी ।।
कार्तिक २९
बाग्लुङ्को ग्वालीचौर ८ दाँगमा रहेको थानापती मन्दिर उचित संरक्षणको अभाबमा ओझेलमा पर्दे जान थालेको छ ।
बाग्लुङ ग्वालीचौरको उच्च स्थानमा पर्ने उक्त मन्दिर उचित संरक्षण तथा स्थानीयहरुको बेवास्थाहरुको कारण ओझेलमा पर्न थालेको हो ।
पर्यटकीय तथा धार्मिक महत्व बोकेको उक्त मन्दिर ले ग्वालीचौरका स्थानीयहरुको घरघरमा बिबाह,बर्तबन्ध, दसैँ पर्व लगायतको अबसरमा बिभिन्न जनावरहरुको बलि दिन रोक लगाउने गरेको जानकारहरु बताउने गर्दछ्न ।। सामान्य टिन तथा माटोबाट बनेको उक्त मन्दिर जंगलहरुको बिचमा रहेको छ । पुराना पुस्ताहरुको बसाईसराई गरेर जाने तथा त्याहा बसोबास गर्ने मानिसहरुको बेवास्ताको कारण उक्त मन्दिर ओझेलमा पर्न थालेको स्थानीय घनश्याम घिमिरेले जानकारी दिनुभयो ।। त्यस्तै गरी साही मिन्दरमा रहेको सामग्रीहरु चोरी तथा हराउने भएमा आफै चल्ने तथा दगुर्न गर्ने पनि जानकारहरुले बताउने गर्दछन । मन्दिर निर्माण हुनुभन्दा अगाडी बाटै मन्दिर नजिकै रहेको एउटा खाडलमा ढुङ्गा फाल्दा तामाको धातुको आवाज बज्ने गरकोले कुनै शक्ति रहेको स्थानीय बासिन्दाहरुको भनाईरहेको छ । साथै मन्दिरमा शिब शक्ति भएकोले शिब लिङ्गको रुपमा पुजाआजा समेतहुदै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.