"2513058968709111" /> नेपाली कांग्रेस क्षेत्र न ३, गुल्मीले खटायो हरेक गाविसमा प्रतिनिधि ! - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली कांग्रेस क्षेत्र न ३, गुल्मीले खटायो हरेक गाविसमा प्रतिनिधि !

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती, क्षेत्र न ३ गुल्मीले क्षेत्रभरका २८ वटै गाविसमा संगठनात्मक कार्य अगाडि बढाई संगठन सुदृढीकरण गर्ने लक्ष्य सहित प्रतिनिधिहरु खटाएको छ।
जस अनुसार पौदी अमराईमा मोहन घिमिरे, नेटामा युवराज बोहोरा, दर्लिङ्गमा ईन्द्र बहादूर घर्ती, ह्वाङ्गदिमा रवीन्द्र विक, अर्खवाङ्गमा रेखा कुमार जिसि, छापहिलेमा नेत्र प्रसाद अर्याल, दोहोलिमा दिपक भण्डारी, घमिरमा सीता अर्याल, ईस्मा रजस्थलमा झबिन्द्र अर्याल, हस्तीचौरमा लालमणी भण्डारी खटिनु भएको छ।

यसरी खटीएका प्रतिनिधिहरुले एक महिना भित्र आफुले जिम्मेवारी पाएका गाविसहरुमा नेपाली कांग्रेसको यथार्थ अवस्था सहितको प्रतिवेदन क्षेत्रीय समितिमा बुझाउनु पर्नेछ। भात्री संस्थाका पदाधिकारीहरु चयन गर्ने र नेपाली कांग्रेसको साधारण सदस्यता वितरण कार्यलाई शसक्त रुपले अगाडि बढाउने, गाविसका विकासका आयोजनाहरुलाई प्राथमिकिकरण गरि क्षेत्रमा प्रस्तुत गर्ने लगायतका जिम्मेवारी गाविसमा खटाईएका प्रतिनिधिहरुलाई प्रदान गरिएको छ।

अर्खवाङ्गमा हालै सम्पन्न क्षेत्रीय समितिको वैठकले यसरी कार्यविभाजन गरि संगठन सुदृढीकरण गर्ने निर्णय गरेको हो।

यसै विच अर्खवाङ्ग गाउँ कार्य समितिले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा एमाले लगायतका पार्टीहरु परीत्याग गरी २७ जना विभिन्न पार्टिका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेस गरेका छन। यसरी नेपाली कांग्रेसमा प्रवेस गर्नेहरुलाई पार्टी सचिव खिलधोज पन्थी र क्षेत्रीय सभापती भगत सिंह खड्काले सम्मान गर्नुभयो।

कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका सचिव खिलधोज पन्थिले गुल्मी ३ मा एमालेले १९ बर्ष सम्म गर्न नसकेका विकासका काम आफुहरुले १ बर्ष मै गर्न सफल भएको जानकारी दिनुभयो। सभासद विष्टको गाविस दोहोली नै मोटरबाटो र विद्युतको अभावमा छट्पटाईरहेको भन्दै पन्थिले दोहोली हुँदै पौदी अमराई जोड्ने मोटरबाटो र अधेरिखोला खाने पानी आयोजना मार्फत आफुहरुले संवृद्ध दोहोली निर्माण गर्ने अभियान सुरु गरेको जानकारी दिनुभयो।

यसै विच नेपाली कांग्रेस क्षेत्र न ३ ले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने लक्ष्य सहित निर्वाचन केन्द्रीत कार्यक्रमहरु र भेटघाट तथा छलफल कार्यक्रमलाई तिव्रता दिएको छ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.