"2513058968709111" /> रुद्रावतीमा बहुमुखी क्याम्पस वामीमा अनेरास्वबियुद्धारा तालाबन्दी ! - अनिश शर्मा गैरे
Breaking News
recent

रुद्रावतीमा बहुमुखी क्याम्पस वामीमा अनेरास्वबियुद्धारा तालाबन्दी !

अनिश शर्मा गैरे, वामी गुल्मी 
 रुद्रावती बहुमुखी क्याम्पस वामीमा आज एक बिद्यार्थी संगठनले तालाबन्दी गरेको छ । बिभिन्न मागहरु राखी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले तालाबन्दी गरेको हो । क्याम्पसमा बिद्यार्थी भर्ना बिषयमा तालबन्दी गरेको अनेरास्वसवयुले जनाएको छ । संगठनले बिहान करिब साढे ६ बजेको समयमा क्याम्पसको गेट लगायत क्याम्पस प्रशासनमा तालबान्दी गरेको हो ।
सोही संगठनका एक बिद्यार्थीले आफ्ना माग पुरा नभएमा क्याम्पस तोडफोड गर्न समेत आफुहरु तयार रहेको बताएका छन । 
यसैबिच ताला खुलाउनको लागि बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठक पनि बिना निष्कर्ष टङ्गीएको छ । बिहान सञ्चालक समिति, बिद्यार्थी संगठनका प्रतिनिधि तथा प्राद्यापकहरुको संयुक्त बैठक बिना निष्कर्ष टुङ्गीएको हो । बैठकमा अनेरास्ववियु, सञ्चालक समितिका बिभिन्न राजनीतिक आस्थाका ब्यक्तिहरु बिच चर्काचर्की भएको थियो । 
बैठक भोली बिहान क्याम्पस प्रमुखको उपस्थितीमा फेरी बस्ने र तालाबन्दी तथा संगठनको मागको बिषयमा छलफल हुने जनाइएको छ ।
यसैबिच नजिकिदै गरेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावको बिषयमा क्याम्पसमा महोल तात्दै गएको छ । क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनहरु बिच प्रतिस्पर्धा पनि बढ्न थालेको छ । बिद्यार्थी संगठनहरु हरु कसरी निर्वाचन कसरी जित्ने भनी दौडधुपमा लागेका छन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.