अब बिद्यार्थीहरुले अरुले खाएको खाजा हेरेर बस्नु पर्ने छैन कुर्घाको खड्कदेवी प्राबिमा !
प्रद्यानाध्यापक कुलराजले गरे यस्तो राज्यले नगर्ने काम
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बिद्यार्थीहरुलाइ दिवा खाजा, पोशाक तथा अन्य शैक्षिक सामग्रीहरुको निशुल्क ब्यबस्थाको लागि गुल्मीको कुर्घा ७ गुुज्र्याङ्गमा शुरु गरिएको अक्षयकोष अभियानको आज अन्तिम घोषणा साथै अक्षयकोष दाताहरुलाइ सम्मान गरिएको छ ।
बिद्यालयको २५ औ बार्षिकोत्सब तथा रजत महोत्सबको अवसरमा बिशेष समारोहका साथ सोही कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम आज र भोली दुइ दिन सम्म चल्ने छ ।
बिद्यालय ब्यबस्थापन समितिका अधयक्ष राम बहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रमम जिल्ला शिक्षा कार्यलय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा नेकपा एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, जिल्ला शिक्षा समितिका पुर्व सदस्य थम्मन केसी, नेकपा माओबादी जिल्ला सदस्य घनश्याम खरेल, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, नेपाली काँग्रेस कुर्घाका सभापति राम प्रसाद अर्याल, लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी पाण्डेले खाजाकै अभाबका कारण पढाइ छोड्न बाध्य हुने बालबालीकाहरुको हितको लागि बिद्यालयल थालेको कदम निकै स्वागत योग्य भएको बताउनुभएको छ । उहाँले हृदयले सच्चा रुपमा सोँचेमा राम्रा कामहरु धेरै गर्न सकिने र राम्रा कामको लागि जस्ले पनि सहयोग गर्ने बताउनुभयो । प्रमुख अतिथि पाण्डेले बिद्यालयमा आबश्यक रहेका बालशिक्षा तथा शौचालयको ब्यबस्थापनको लागि पहल गर्ने बताउनुभयो ।
सहायक जिल्ला शिक्षा अधिकारी पाण्डेले बिद्यालयका प्रद्यानाध्यापक कुलराज शर्माको एकल प्रयासमा गरिएको यो कामको निकै प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले समाजसेवाको काममा लाग्ने जस्लाइ पनि साथ र सहयोग प्राप्त हुने बताउनुभयो । उहाँँले पनि यस कार्यको खुलेरै प्रशंसा गर्नुभयो । फरक प्रसँगमा उहँँले देशले भर्खरै पाएको सबिंधानले सबैको अधिकार सुनिश्चित गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र जिल्ला सदस्य युबराज खरेल, ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय गुल्मीकी सञ्चालीका दिदी सीमा, ब्रह्मुकारी इश्वरीय बिश्वबिद्यालयका प्रशिक्षक भानु प्रकाश पौडेल, बिद्यालयका भुपु प्रद्यानाध्यापक महेश्वर घिमिरे, नेपाल राष्ट्रिय माबि इन्द्रेगौडाका पुर्व प्रद्यानाध्यापक घनश्याम खरेल, कार्यक्रमका सहयोग दाता तथा त्रिभुबन माबि कुर्घाका पुर्ब अध्यक्ष खड्क बहादुर खड्का लगायतले बोल्दै परोपकारी कुलराज शर्माको यो कार्य राजयले पनि गर्न नसकेको कार्य भएको भन्दै सुभेच्छा सहितको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा अक्षयकोष स्थापनाको लागि सहयोग गर्नुहुने महानुभाबहरुलाइ फुलको माला, दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य सँगै प्रतिबेदन प्रस्तुत गर्दे बिद्यालयका प्रद्यानाध्यापक कुलराज शर्माले बिद्यार्थीहरुले खाजा खान नपाइ अरुको खेतबारी गएको, जाडोमा लुगलुग काम्दै गरेको अवस्थाबाट चिन्तित भइ यो अभियान शुरु गरेको बताउनुभयो ।
कार्यक्रममा पाउनलाइहरु प्रभा शर्मा तथा अन्य समुहको गीतले स्वागत गरिएको थियो भने वामी मालारानीकी पुनम छन्तेलले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकार ठानेश्वर गौतमले पनि बिशेष प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न बिद्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवि लगायतको बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा सञ्चारको क्षेत्रबाट निकै ठुलो सहयोग गरेको भन्दै सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन मेनेजर प्रकाश घिमिरे तथा स्टेशन कोअर्डिनेटर अनिश शर्मा गैरेलाइ सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पाण्डेद्धारा दिप प्रज्वलन सहित उदघाटन गरी झण्डोत्तोलन पनि गरिएको थियो । साथै ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय गुल्मीकी सञ्चालीका दिदी सीमा, तथा प्रशिक्षक भानु प्रकाश पौडेलले ब्यानर अनाबरण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन ब्रह्मकुरमारी इश्वरीय बिश्व बिद्यालय मजुवा शाखाका ब्रह्मकुमार रविनले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथी तथा अन्य अतिथिहरुलाइ बाजा गाजा, पञ्च कन्या, पञ्चकलश, भजन सहित स्वागत गरिएको छ । हेर्दा मात्रै उक्त कार्यक्रम स्थल ठुलो महोत्सब भन्दा फरक थिएन । स्थानीयहरुको पनि राम्रो उपस्थिती देखिएको थियो । महोत्सब स्थललाइ भब्य सिँगारिएको छ । बिद्यालयका प्रद्यानाध्यापक तथा अक्षयकोषका अभियन्ता कुलराज शर्मा आध्यात्मिक क्षेत्रमा लागेकोले पनि होला कार्यक्रम स्थलमा ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालयका बिभिन्न क्षेत्रका ब्रह्मकुमारी दिदी तथा ब्रह्मकुमारहरुको उपस्थिती रहेको थियो ।
२०४९ सालमा स्थापना भएको बिद्यालयमा अहिले प्राबि स्तरमा पढाइ हुने गरेको छ भने ४१ जना बिद्यार्थीहरु रहेका छन ।
यसरी अक्षयकोषको माध्यमबाट संकलित रकमको बार्षिक ब्याजबाट बिद्यार्थीहरुलाइ दिवा खाजा, बिद्यालय ड्रेस, स्कुलका सामग्रीहरुको ब्यबस्था गरिने बिद्यालयका प्रद्यानाध्यापक शर्माले जानकारी दिनुभयो । साथै बिद्यार्थीहरुलाइ यही पौष १ गतेबाट खाजाको ब्यबस्था गरिएको छ भने आगामी बैशाख १ गतेबाट पोशाक र शैक्षिक सामग्रीहरु बितरण गरिने समेत उहाँले जानकारी दिनुभयो ।
प्रद्यानाध्यापक शर्माले भनेजस्तै जाडोमा काँपीरहेका बालबालीकाहरु ,साथमा उनै शर्मा
अब त्यस बिद्यालयका बालबालीकाहरुलाइ अरुले खाएको खाजा हेरेर बस्नु पर्न छैन, जाडोमा काँप्नुपर्ने छैन । नत उनीहरुलाइ अब शैक्षिक सामनहरुको नै अभाव हुने छ । यो सबैका कामको सुरुवात गर्ने कुलराजप्रति हार्दिक आभार तथा स–सम्मान ।
No comments: