"2513058968709111" /> वामीमा झण्डै दुई हप्तापछि बिद्यतु सुचारु - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा झण्डै दुई हप्तापछि बिद्यतु सुचारु

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
श्रावण १९ गते ।।
पहिरले बाँध बगाएपछि अवरुद्ध भएपछि अवरुद्ध बनेको दरमखोला लघुजल बिद्यतु परियोजनाको बिद्युत झण्डै दुइ हप्तापछि आजबाट सुचारु भएको छ । पहिरोले करिब १० मिटर बराबरको नहर बगाएपछि बिद्युत सेवा अबरुद्ध भएको थियो । पहिला प्राबिधिक समस्याको कारण अबरुद्ध बनेको बिद्युत पछि गत श्रावण ११ गतेको बर्षा सँगैको पहिरोले झनै अबरुद्ध बनेको थियो । बाँध मर्मत गर्ने काम हिजो नै सकिएको र आजको पुरै दिन बाँधमा आएको माटोको रेलोलाई हटाएपछि साँझ मात्र बिद्युत पुन सुचारु भएको बिद्युतका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिनुभयो ।
बिद्यतु अबरुद्ध भएपछि वामी मुसीकोट लगायतका करिब एक हजार स्थानीयहरु अध्यारोमा बस्न बाध्य भएका थिए । उनीहरु मोबाइल चार्ज गर्न देखी लिएर कुटानी, पिसानी लगायतका कामहरुमा पनि निकै प्रभाबित बनेका थिए । बजारका स्थानीय ग्रिल, ग्यारेज देखी ब्यापार ब्यबसाय तथा बैंक र बित्तिय संस्थाहरुपनि निकै समस्यामा परेका थिए ।
बिद्युत सेवा अबरुद्ध भएपछि वामीको सामुदायिक रेडियो पुष्पाञ्जलीको प्रशारण पनि अबरुद्ध बनेको थियो भने स्थानीय सञ्चारबाट बञ्चित भएका थिए । बिद्युत आएपछि वामी तथा आसपासका गाबिसहरु झलमल्ल भएका छन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.