बागलुङको खानेपानी, जसले जसरी खाएपनि केहि नहुनी !
बागलुङ नगर खानेपानी संस्थाको कामकार्वाहीबाट आजीत परेका बागलुङ नगरवासी भन्छन, “बागलुङको खानेपानी, जसले जसरी खाएपनि केहि नहुनी ।” कुरा सोह्रै आना सत्य हो । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा वितरित खानेपानीको शुद्धताको प्रश्न होस् या संस्थाको हरहिसावको पारदर्शिता, अथवा यस संस्थाव्दारा सन्चालित निर्माण कार्यहरुको प्रगतिको विषय किन नहोस, जता हेयो उतै चौपट बाहेक अर्को देख्न सुन्न पाईदैन ।
कमसल मसला प्रयोग गरी बनाईएको च्याम्वर जुन ३६ घण्टा वित्दा पनि सेट भएन ।
कमसल मसला प्रयोग गरी बनाईएको च्याम्वर जुन ३६ घण्टा वित्दा पनि सेट भएन ।
पानीको धाराबाट माटोको लेदो आएपनि पचाएकै छन् उपभोक्ताहरु, वर्षौ सम्म योजना सम्पन्न नहुँदा पनि संस्थाको पुच्छर निमोठ्न सत्तैmनन् यहाँका नागरिक र प्रशासन, अचम्मै छ बागलुङको खानेपानी, जति कराएपनि केहि नुहनी ।
६० वर्ष पहिले बागलुङ आएर नारायस्थानको चौतारीमा स्वर्गिय जनकवि केशरी धर्मराज थापाले गाएको “बागलुङको बजार पधेर्नीलाई दु:ख हजार …” बोलको गीत अहिले सम्म खरो उत्रिएको छ । कहिले काहीँ त लाग्छ, पानीको ठाउँमा हिलो माटो खाँदापनि झाडा पखाला, रोगव्याध नलाग्ने कति निर्मल रहेछ यहाँको माटो । यति दुषित पानी खाएपछी झाडा वान्ता महामारी पैलिए तल देखी माथीका जजोमान सम्मको ध्यानाकृष्ट हुँदो हो र शुद्ध पानीका लागि सत्प्रयास हुँदो हो भन्ने पनि लाग्न थाल्यो अहिले त ।
केहि महिना देखी खानेपानीका नयाँ धाराहरु जडान र च्याम्बर निर्माण गर्ने कार्य भैरहेको छ । यस निर्माण कार्यमा कति सम्म लापर्वाही वा अनिमित काम भएको रहेछ भन्न एक उदाहरण मंगलवार साँझ बानपा २ वीरेन्द्र ऐश्वर्य उद्यान हातामा रहेको ट्राफिक कार्यालय सामुन्नेको खानेपानी धाराको च्याम्बर निर्माणमा भएको लापर्बाही सार्वजनिक भयो । सो निर्माणाधीन खानेपानी आयोजनाको चेम्बरमा मापदण्ड बमोजिम सिमेन्ट मसला प्रयोग नभएको पाएपछि स्थानीय आक्रोशित बने । ट्राफिक चोक स्थित निर्माणाधीन चेम्बर प्लाष्टर गरेको ३६ घण्टा सम्म पनि सेट नभएपछि विरोध गरे । जनताको पैसा खाएर गुणस्तरहीन काम गरेको आरोप लगाउदै दुइ बर्ष अघिनै सकिनुपर्ने काम नसकिएपछि स्थानीयले आक्रोस पनि व्यक्त गरे । उपभोक्ता समिति र ठेकेदार कम्पनी दुवै पक्षको कैफियतबाट आयोजनामा ढीलाइ भएको भन्द्र उपभोक्ताहरु आक्राशित बनेपछी ठेकेदार तर्फका कन्सल्ट्यान्ट इन्जिनियर भानुनारायण श्रेष्ठ तथा संस्थाका अध्यक्ष केवि रानामगर जिल्ला प्रहरी कार्यालय पुगेर सुरक्षित हुने अवसरको ओजी गरे ।
रेश र लेखानीको भूदी खोला र विहुँ तथा भीमापोखरामा पर्ने डुडियाखोलाको पानी ल्याउनका लागि तीन बर्ष अघि दुइ बर्ष भित्रमा ल्याउने गरी भएको सम्झौताको म्याद सकिएपनि काम सम्पन्न हुन सकेको छैन । डुडिया खोलाको मुहान विवाद नसल्टेपछि समितिले काम दिन नसकेको भन्दै ठेकेदारले काम अलपत्र छाडेको छ भने समितिले मुहान विवादमा प्रगती गर्न सकेको छैन । आयोजनाको ठेक्का लिएका ताण्डिया एण्ड तुण्डीया कंपनीले लिएको हो । स्थानीयले उपभोक्ता समितिलाइ पनि गुणस्तर हिन कामको बारेमा जानकारी गराएका थिए । लापरवाहीको कारण १८ करोड ५३ लाखको लागतमा बन्नुपर्ने आयोजनाको लागत बढेर २८ करोड नजिक पुगेको छ । उपभोक्ताहरुले बुझोका यस आर्थिक भार आफनै थाप्लोमा पर्छ । घटनाको स्थितिवाोध भएपछी इन्जिनियर श्रेष्ठले गुणस्तरहिन काम भएको स्विकार गरेका छन् । उनले पुनः निर्माण गर्ने तथा काम गरेको फिल्ड सुपरभाइजरलाइ उचित कारवाहीको व्यवस्था गर्ने पनि प्रतिवद्धता जनाएका छन् । तर हुने केहि होईन उपभोक्ताहरुले बुझेका छन् । त्यसैले उनीहरु भन्छन “बागलुङको खानेपानी जसले जसरी खाएपनि केहि नहुनी ।” अस्तु:
२०७२ भदौ २३ ।
बागलुङ ।
२०७२ भदौ २३ ।
बागलुङ ।
No comments: