गुल्मीको अमरपुरमा ट्याङ्कीमा दुर्घन्ध फैलिएपछि खानेपानीको हाँहकार ।।
प्रेम सुनार, गुल्मी
चैत्र १९ गते ।।
गुल्मीको अमरपुर गाविसका सयौं घरधुरीको खाने पानी ट्याङ्कीमा आज विहान विषालु पदार्थ जस्तो दुर्घन्ध फैलिए पछि त्यहाँ खाने पानीको हाँहकार भएको छ । अमरपुर गाविसका पुर्व गाविस सचिव एवं स्थानियवासी शेरबहादुर थापाले दिएको जानकारी अनुसार अमरपुर १ र २ को माथी थुम्काडाँडामा रहेको २० घना मिटरको खानेपानी ट्याङ्कीमा विषालु पदार्थ जस्तो दुर्घन्ध फैलिएको कुरा आज विहान प्रत्येक धारामा पानी थाप्ने महिलाहरुले थाह पाए पछि थापेको पानी समेत त्यही फालेर उनिहरु धेरै तल खोलाको पानी लिन जान बाध्य भएका थिए । सधै जसो आज विहान ७ वजे पलम्वर मिस्त्री शेरबहादुर कुमालले त्यस ट्याङ्कीको पानी खोली दिएका थिए । लगत्तै त्यहाँका दर्जनौ धाराहरुमा पानी थाप्न लाम लागेका महिला पुरुषहरुले नाक थुनेर पानी नभरी घर फर्किन परेको थियो । अमरपुर १ र २ का करिव १ सय ३५ घरधुरीको त्यस खाने पानी ट्याङ्कीमा कसैले विषालु पदार्थ राखी दियो वा छापाहिले गाविसमा रहेको पानीको मुहानबाटै कुनै दुर्घन्धीत वस्तु बगेर आयो ? भन्ने कुराको अनुसान्धान नगरे सम्म त्यहाँ पानीको हाँहकार रही रहने पुर्व गाविस सचिव थापाले बताए । अमरपुरका ति दुई वडा कुमाल समुदायको वाहुल्य रहेको स्थान हो । निर्माण कार्य सुरु भएको लामो समय पछि दुई वर्ष अघि मात्र त्यहाँका उपभोक्ताहरुले त्यस खानेपानी योजना सम्पन्न गरी टोल टोलमा पानीको सुविधा पाएका थिए ।

No comments: