स्थानीय बिकास अधिकारी पन्थी तथा जिल्ला शिक्षा अधिकारी काफ्ले द्धारा सामुदायिक रेडियो पुष्पाञ्जलीको अनुगमन ।।
अनिश गैरे, वामी गुल्मी
चैत्र २६–
गुल्मी जिल्लाका स्थानीय बिकास अधिकारी डिलाराम पन्थी तथा जिल्ला शिक्षा अधिकारी डा. भोजराज काफ्लेले सामुदायिक रेडियो पुष्पाञ्जलीको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा आयोजीत कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिकास अधिकारी पन्थीेले जिल्लाबाट रेडियोलाई हुन सक्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी डा. काफ्लेले यस ग्रामिण ईलाका बाट सञ्चारको बिकास भएकोमा खुशी ब्यक्त गर्दै, आगामी दिनमा रेडिायो उत्तरोत्तर प्रगतीको कामना गर्नूभयो ।
अनुगमन कार्यक्रममा रेडियो पुष्पाञ्जलीका कानुनी सल्लाहकार बिष्णु बलाल, नेकपा एमाले गुल्मीका सचिब सोमनाथ सापकोटा,एमाओबादी गुल्मीका सचिवालय सदस्य असोक थापा, महिला सञ्जाल गुल्मीकी अध्यक्ष बिष्णु सापकोटा, सञ्चारीका समुह गुल्मीकी अध्यक्ष गगनशिला खड्का, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारी, सामुदायिक रेडियो पुष्पाञ्जली सञ्चालक समिति अध्यक्ष सुदर्शन शाक्य,सहकोषाध्यक्ष कल्पना घिमिरे, रेडियोका कमंचारी लगायतको उपस्थिती रहेको थियो ।
अनुगमनको क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बिशिष्ट अतिथिलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।

No comments: