"2513058968709111" /> गुल्मी बडागाँउका एक ब्यक्ती दलित समुदायबाट पहिलो माध्यामिक शिक्षक - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी बडागाँउका एक ब्यक्ती दलित समुदायबाट पहिलो माध्यामिक शिक्षक

चैत्र २८ गते । 
२०२८ सालको नयाँ शिक्षा लागु भए देखि फाटफुट रुपमा दलितहरुले पढ्न पाउने वातवरण सुरु भएको अहिले झण्डै ५० वर्ष पछि गुल्मी जिल्लामा दलित समुदायबाट पहिलो पटक माध्यमिक तहको स्थाई शिक्षक बनेका छन् रोम बिश्वकर्मा ।
गुल्मीको नयाँगाउँ –२ पुर्खेयौंली घर भई हाल रेसुङ्गा नगरपालिका–२ , तम्घास मिलनचोकमा वसोवास गर्दै आई रहेका ३९ वर्षिय बिश्वकर्मा ग्वादी माध्यामिक माध्यमिक विद्यालय,  ग्वादी गुल्मीका अग्रेजी विषय माध्यमिक तहका स्थाई शिक्षक हुन् ।
   उनि २०६९ सालमा शिक्षा सेवा आयोगको परिक्षा उतिर्ण गरी भदौ ११ गते देखि  त्यस विद्यालयको नियुक्ती पाएका हुन् । गत दश वर्ष देखि रेसुङ्गा माध्यमिक विद्यालय तम्घासमा विज्ञान विषय पढाउँदै प्राय हरेक वर्षको एसएलसी परिक्षामा सतप्रतिशत विद्यार्थीहरु उतिर्ण गराउँदै आएका विश्वकर्मालाई उत्कृष्ट शिक्षकका रुपमा जिल्ला शिक्षा कार्यालय गुल्मीले समेत सम्मान गरेको थियो ।
२०५२ सालमा नयाँगाउँ उच्च माध्यामिक विद्यालयबाट विज्ञान शिक्षकका रुपमा अस्थाई नियुक्ती पाएका उनले २०५२÷ ० ५३ मा सोही विद्यालय र त्यस पछि गणेश माध्यमिक विद्यालय पिपलधारामा समेत पढाएका थिए । २०५२ सालको शिक्षा सेवा आयोगबाट २०६० सालमा प्रावि स्थाई शिक्षकका रुपमा शिक्षण पेशामा विधिवत  प्रवेश पाएका उनले विद्यार्थीहरुको सफलता नै आफ्नो सफता मान्ने र उनिहरु संगै कक्षा कोठामा रमाउन पाएकोमा खशी व्यक्त गर्दछन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.