"2513058968709111" /> आछाममा ३ महिनामा १० वटा मानवअधिकार हनन्का घटना, सबै घट्नामा महिला पीडित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आछाममा ३ महिनामा १० वटा मानवअधिकार हनन्का घटना, सबै घट्नामा महिला पीडित ।।

चैत्र २८ गते । 
पछिल्लो ३ महिनाको अवधिमा अछाममा १० वटा मानवअधिकार हनन्का घट्ना घटेका छन् । सबै घट्नामा महिला मात्र पीडित बनेको तथ्यांक सार्वजनिक भएको छ । इन्सेकले आज अछाम सदरमुकाम मंगलसेनमा सार्वजनिक गरेको पछिल्लो ३ महिना (जनवरीदेखि मार्च) को तथ्यांकअनुसार १० वटा मानवअधिकार हनन्का घट्ना घटेका हुन् । जस अन्तर्गत जर्वजस्ति करणी र सबन्ध बिच्छेदका दुई÷दुई तथा कर्तव्य ज्यान, मानववेचविखन, गालीबेईजती, सार्वजनिक अपराधका एक÷एक घट्ना प्रहरीमा दर्ता भएका छन् । इन्सेक जिल्ला प्रतिनिधी शिवराज ढुंगानाले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल गर्दै सरोकारवालाले पीडितले न्याय पाउने तथा पीडिकले सजाय पाउने गरी राज्यका निकायले अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.