वामी गाबिसलाई भोली खुल्ला दिशाु मुक्त, पुर्ण साक्षर गाबिस घोषणा सभाको सम्पुर्ण तयारी पुरा, सम्पुर्णलाई अनिबार्य उपस्थित हुन आग्रह ।।
अनिश गैरे, पुष्पाञ्जली, वामी गुल्मी ।
चैत्र २५ गते ।
“घरघरमा शौचालय, सबै शिक्षित परिबार, वामी गाबिसको शान, स्वच्छ, सफा, सुन्दर, शान्त बाताबरण बनाउने हाम्रो अभियान” भन्ने मुल नारा सहित वामी गाबिस लाई खुल्ला दिशा मुक्त गाबिस घोषणा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । साथै गाबिसलाई पुर्ण साक्षर, पुर्ण बिद्यालय भर्ना, कालो प्लास्टीक मुक्त, पुर्ण उज्यालो, सुचना तथा सञ्चारको पहुँच पुगेको, बिद्यालय शान्ती क्षेत्र, बन्द मुक्त गाबिस घोषणा गरिँदै छ ।
२०१५ सम्ममा गुल्मी जिल्लालाई खुला दिशा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार गाबिसका सम्पुर्ण घरहरुमा शौचालय निर्माण भएपछि खुल्ला दिशा मुक्त गाबिस घोषणा गर्न लागीएको हो । त्यस्तै उक्त घोषणा सभामा प्रमुख अतिथिको रुपमा स्थानीय बिकास अधिकारी डिलाराम पन्थी, तथा बिशिष्ट अतिथिको रुपमा जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी डा. भोजराज काफ्ले, लगायतका बिशिष्ट ब्यक्तिहरु उपस्थिती रहने कार्यक्रम रहेको वामी गाबिस सचिब सुर्य बहादुर सोमैले जानकारी दिनुभयो । साथै उहाँले उक्त कार्यक्रममा गाबिस बासी सँघ सँस्था, राजनीतीक दल लगायत सम्पुर्ण अनिबार्य उपस्थितीको लागी आग्रह समेत गर्नुभयो ।। उता भोली हुने कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागी प्रचार प्रसारलाई तिब्रता दिईएको समेत उहाँले जानकारी दिनुभयो । भोली हुने कार्यक्रम महेन्द्र आदर्श उमाबि वामीको प्राङ्गणमा बिहान ११ बजेबाट शुरु हुने बताईएको छ ।

No comments: