"2513058968709111" /> जर्मनी नागरिकद्धारा गुल्मीको दुर्गम क्षेत्र बाँझकटेरीमा स्वास्थ्य सेवा उपलब्ध ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जर्मनी नागरिकद्धारा गुल्मीको दुर्गम क्षेत्र बाँझकटेरीमा स्वास्थ्य सेवा उपलब्ध ।।

चैत्र २८ गते । 
उपचारका लागि एक दिनको बाटो हिडेर सदरमुकाम तम्घास धाउन बाध्य भएका गुल्मीको दुर्गम गाउँ वाँझकटेरीका वासीन्दालाई जर्मनीका नागरिकले गाउँमैं स्वास्थ्य सेवा उपलव्ध गराएका छन् ।
लामो समय देखि नेपालका विभिन्न गाउँहरुमा चिकित्सक सेवा पुराउँदै आएका जर्मनीका  डाक्टर क्लाउजले वाँझकटेरीमा १ करोड १० लाख लागतमा भवन र  अन्य प्राविधिक सुविधा सहित  मदाने सामुदायिक स्वास्थ्य केन्द्र नामकण गरी स्वास्थ्य सेवा उपलव्ध गराईएका हुृन् ।
उक्त केन्द्रमा  जिल्ला अस्पताल तम्घासमा झैं भिडियो एक्सरे, ईसीजी , प्रयोगशाला परिक्षण विशेषज्ञ सेवाहरु डाक्टर क्लोउजले उपलव्ध गराई दिए पछि बाँझकटेरी गाविस मात्र नभई पुर्कोटदह, भनभने, मलायगिरी अग्लुङ्ग र छिमेकी जिल्ला प्यठान सम्मका जनताहरुले स्वास्थ्य उपचारमा निकै सुविधा पाएका छन् ।
स्वास्थ्य सहायक उतिर्ण गरेका बाँझकटेरीका विष्णु भुसालले ३ वर्ष अघि सानो छाप्रोबाट उपचार सेवा सुरु गरेका थिए ।  त्यही क्रममा भुसाल  रामछाप गाउँमा पुगेका बेला डाक्टर क्लाउजलाई भेटेर आफ्नो दुर्गम गाउँमा पनि सुविधा सम्पन्न अस्पतालको आवस्यकता रहेको कुरा बताए पछि उनले काठमाण्डौंको नेपाल हेल्प नामक संस्थाबाट आवस्यक रुकम जुटाएर उक्त सुविधा सम्पन्न अस्पताल बाँझकटेरीमा बनाई दिएका हुन् ।
‘उहाँ मार्फत यति सुविधा सम्पन्न अस्पताल यो दुर्गम गाउँमा बन्यो’– भुसालले भने–‘ यसबाट सवै भन्दा बढि सुविधा यस भेगका गर्ववती महिलाहरुलाई भएको छ ।’ उनका अनुसार निकै जटिल समस्या वाहेक सुत्केरी गराउन त्यहाँका महिलाहरु अन्यत्र जान पर्दैन । वाँझकटेरी र त्यस भेगका जनताका लागि यो भन्दा ठुलो सेवा के हुन सक्छ ? ’– जिल्ला अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका स्थानियवासी दानबहादुर केसीले भने–‘ सरकारले दिने सुविधा भन्दा धेरै राम्रो सेवा बाँझकटेरी गाउवासीले पाएका छन् । ’
उनका अनुसार उक्त स्वास्थ्य केन्द्र त्यस क्षेत्र कै नमुना स्वास्थ्य केन्द्र बनेको  छ ।  १३ वर्ष उमेर सम्मका वाल वालिकाहरुको स्वास्थ्य परिक्षणमा कुनै शुल्क लाग्दैन । भुसालका अनुसार त्यो उमेरका वाल वालिकाहरुका र ७५ वर्ष उमेर नाघेका बृद्ध बृद्धाहरुलाई  औषधीमा समेत ५० प्रतिशत छुट छ ।
१३ वर्ष देखि ४७  वर्ष उमेर सम्मका विरामीको स्वास्थ्य परिक्षण गर्दा सामन्य १० रुपैयाँ शुल्क लिने गरिएको र गरिव विपन्न परिवारका विरामीहरुलाई सित्तैमा उपचार हुने गरेको त्यस स्वास्थ्य  केन्द्रका स्वास्थ्यकर्मी   विष्णु भुसालले बताए । लामो समय देखि गाउँमै बसेर स्वास्थ्य सेवा पुराउँदै आएका  भुसाललाई बाँझकटेरीवासीले निकै सह्राना गर्दै आएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.