सरकार र डा गोविन्द केसीबीच सहमति अनसत तोडियो, आन्दोलन फिर्ता ।।
सरकार माग पूरा गर्न तयार भएपछि डा गोविन्द केसीले आमरण अनसन तोड्नु भएको छ । शिक्षण अस्पतालका प्राध्यापक डा केसी आज १२ औं दिनमा अनशन तोडन सहमत हुनु भएको हो । सरकारी वार्ता टोलीसँग ११ बुँदे सहमति भएपछि केसी अनशन तोड्न सहमत हुनुभएको हो । महाराजगन्जस्थित शिक्षणअस्पताल गेटअगाडि जुत्ता सिलाउने काममा संलग्न सप्तारीका सत्यनारायण राम र अस्पतालमा उपचाररत धादिङका दस वर्षीय सुवाद अधिकारीको हातबाट जुस खाएर केसीले अनसन तोड्नु भएको हो । केसीका मागलाई सम्वोधनगर्दै ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको सरकारी वार्ता टोलीका सदस्य तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले जानकारी दिनुभयो । यसैगरी सरकारका मुख्य सचिव लीलामणि पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पोख्रेल र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले सहमतिमा हस्ताक्षर गर्नुभएको छ । सहमति पत्रमा डा. केसीले पनि हस्ताक्षर गर्नु भएको छ । सहमतिसँगै चिकित्सकहरूको आन्दोलन पनि फिर्ता भएको छ । आज भएको सहमतिअनुसार आगामी शैक्षिकसत्रदेखि सरकार मातहतका हरेक मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस, बिएन लगायतका पढाइ निःशुल्क गरिने छ । त्यो कोर्र्ष गर्न दुर्गम जिल्लामा जानुपर्ने सहमतिमा उल्लेख छ । त्यस्तै चिकित्सा विश्व विद्यालय विधेयक तीन महिनाभित्र संसदमा पेश गर्ने, यसअघि भए गरेका कामका विषयमा छानविन गर्न पुरनावेदन अदालतका न्यायधीशको संयोजकत्वमा छानविन समिति बनाउने, वैज्ञानिक शुल्क निर्धारण गर्ने, पाँचै विकास क्षेत्रमा पाँच बर्षभित्र एउटा सरकारी मेडिकल स्थापना गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

No comments: