वामी गाबिस खुल्ला दिशा मुक्त गाबिस घोषणा, घोषणमा मात्र सिमित नराख्न बक्ताहरुको जोड ।।
अनिश गैरे, पुष्पाञ्जली वामी गुल्मी
चैत्र २६ गते//
“घरघरमा शौचालय, सबै शिक्षित परिबार, वामी गाबिसको शान, स्वच्छ, सफा, सुन्दर, शान्त बाताबरण बनाउने हाम्रो अभियान” भन्ने मुल नारा सहित आज वामी गाबिस लाई खुल्ला दिशा मुक्त गाबिस घोषणा गरिएको छ।
साथै गाबिसलाई पुर्ण साक्षर, पुर्ण बिद्यालय भर्ना, कालो प्लास्टीक मुक्त, पुर्ण उज्यालो, सुचना तथा सञ्चारको पहुँच पुगेको, बिद्यालय शान्ती क्षेत्र, बन्द मुक्त गाबिस घोषणा गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिकास अधिकारी डिलाराम पन्थीले यो वामीकै महान कार्य भएको हुँदा यस क्षेत्रको सभ्यताको सुरुआत गर्नूहुने वामीले जनाताप्रति आभार ब्यक्त गर्दै यस्को जस वामेलीहरुको भएको उल्लेख गर्नुभयो । यो काम एकताले सम्भब भएकोले यस्तो एकता जिल्ला तथा राष्ट्रभरी पुराउनुपर्नेमा जोड दिनुभयो ।।
घोषणा कार्यक्रम आजको लागी पर्याप्त भए पनि भोलीको लागी कमी नै रहेको बताउनु भयो । आगामी पस्ताहरुले बिद्यालयको पहुँच भन्दा बाहिर नहुँने आशा ब्यक्त गर्नुभयो ।
गाबिसमा गर्न निकै कुराहरु बाँकी रहेकोले दिगो बिकास गरी गाबिसलाई माथि उठाँउने काम गाबिसबासीकै भएकोले जागरुक भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले गाबिसका सम्पुर्ण काममा आफु तत्पर रहने समेत उद्घोष समेत गर्नुभयो । आफुले घोषणा गरेको कुरालाई ब्यबहारमा लागु गर्न आग्रह समेत गर्नूभयो ।
आजको दिन सभ्याताको सुचक भएकोले आजको दिनलाई वामीको दिबसको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी डा. भोजराज काफ्लेले साक्षरतानै सँसारको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो ।
वामीले जनाताहरुले यस्तो महान कार्यगरी ईतिहास खडा गरको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिब बिष्णु बलाल, नेकपा एमाले गुल्मी जिल्ला सचिब सोमनाथ सापकोटा, एमाओबादीका जिल्ला सचिवालय सदस्य असोक थापा, नेकपा माओबादी जिल्ला सदस्य गोबिन्द बि.क, महिला सञ्जाल गुल्मीकी अध्यक्ष तथा जिल्ला समन्वय गुल्मीकी उपाध्यक्ष बिष्णु सापकोटा, खानेपानी तथा सरसफाई समिति गुल्मीका प्रतिनिधि माधब पाण्डे, नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जि.सी, नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, एमाओबादी वामीका अध्यक्ष भुबन केसी, जनमोर्चा वामीका अध्यक्ष मोहनलाल श्रेष्ठ, उद्योग बाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, शहरी बिकास तथा ब्यबस्थापन समिति वामीका अध्यक्ष प्रकास काफ्ले, लगायतले मन्तब्य ब्यक्त गर्दै घोषणामा मात्र सिमित नराखी ब्यबहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न कार्यक्रमका प्रमुख एबम बिशिष्ट अतिथि, राजनीतीक दलका प्रमुख एबम प्रतिनिधि, संघसंस्थाका प्रमुख एबम प्रतिनिधिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
नेबा बर्जु पुच वामीद्धारा लाखे नाँच, वामी १ कुमाल समुदायको तर्फबाट ऐतिहासीक सोरठी नाँच तथा भैलो¸वामी वडा नम्बर ३ तथा वामी ५ का शिब शंकर भोले समुह द्धारा भजन, शालीमे दलित बिकास मञ्च वामी मैदान द्धारा लोपन्मुख पन्चे बाजा, वामी मालारानीका छन्त्याल समुहद्धारा सालैजो, नेपाल मगर संघ वामी मालारानी द्धारा घाटु नाँच, गोल्डेन फ्युचर वामीद्धारा रमाईलो नाँच, प्रस्तुत गरिएको थियो । त्यस्तै जिल्ला खानेपानी स्वच्छता समन्वय समिति, जिल्ला शिक्षा कार्यालय गुल्मीद्धारा गाबिस लाई प्रशँसा पत्र प्रदान गरिएको थियो । त्यस्तै जिल्ला बिकास समिति गुल्मीद्धारा गाबिसको बिकासको लागी नगद रु एक लाखको चेक समेत हस्तान्तरण गरियो । शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटाले शैक्षिक प्रतिबेदन प्रंस्तुत गर्नुभएको थियो भने वडा नागरीक मञ्च वामी ३ का सयाेंजक तिर्थमणि काफ्लेले घोषणा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
महेन्द्र आदर्श उमाबि वामीको प्राङ्गणबाट शुरु भएको बिभिन्न राजनीतीक दल तथा संघ सँस्थाहरु सहितको र्याली वामी बजार परिक्रमा गर्दै सोही कार्यक्रम, स्थलमा आएर सभामा परिणत भएको थियो ।
यसैगरी कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुती हरु देखाउने समुहलाई वामी सेबा समिति जापानका प्रतिनिधि पारस बोहोरा द्धारा नगद रु ५ हजार ५ सय ५५ रुपैया प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
वामी गाबिस सचिब सुर्य बहादुर सुमईको अध्यक्षता, महेन्द्र आदर्ब उमाबि वामीका प्राचार्य भिमलाल सापकोटाको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन वडा नागरीक मञ्च वामी १ का संयोजक गोपीकृष्ण खरेल तथा शारदा बिद्या मन्दिर माबि वामी मैदानकी शिक्षिका हरिमाया छन्त्यालले गर्नुभएको थियो ।
गाबिसमा रहेका १ हजार २ सय ३३ घरधुरी मध्ये १ हजार २ सय १५ घरमा पक्की शौचालय तथा अन्य घरहरुमा निर्माणाधिन रहेकोले खुल्ला दिशा मुक्त गाबिस घोषणा गरिएको हो । त्यस्तै गाबिसमा १५ सामुदायिक, १ क्याम्पस तथा २ शैक्षिक सँस्थाहरु रहेको तथा ११८ महिला तथा ४० पुरुषहरु निरक्षर रहेतापनि ९६ दशमलब ९२ प्रतिशत मानिस साक्षा भएको कारण गाबिसलाई पुर्ण साक्षर गाबिस घोषणा गरिएको हो ।
कार्यक्रमको सामुदायिक रे्डियो पुष्पाञ्जलीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । कार्यक्रममा सफल पार्न गाबिस भित्रका सम्पुर्ण संघसंस्थाले सहयोग पुर्याएको बताईएको छ ।
photos

No comments: