बाग्मती सफाई अभियान जस्तै सबिंधान निर्माणमा जुट्न प्रधानमन्त्री तथा सभाध्यक्षको आग्रह ।।
चैत्र २८ गते ।
प्रधानमन्त्री सुशिल कोइराला एवं सभाध्यक्ष सुवास नेम्वाङ ले बागमती सफाइ अभियानमा जस्तै देशलाई निकास दिन पनि सबै एक हुन आग्रह गर्नुभएको छ । बागमती सफाइ महाअभियान अन्तरगत तिलगंगा क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले अहिले देशको मुख्य उद्धेश्य भनेको संबिधान निर्माण भएकाले सबै एक जुट भइ सहमती र सहकार्यमै संबिधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । सबै नागरिकको अभिकार सुनिश्चित हुने गरी नै संबिधान जारी हुनेमा ढुक्क हुन आग्रह गर्दै उहाले सरकारको ध्यान पनि संबिधान निर्माण तर्फ नै केन्द्रित रहेको उल्लेख गर्नुभयो । मुलुकले अब आन्दोलन थेग्न नसक्ने भन्दै प्रधानमन्त्री कोइरालाले आन्दोलनलाई छोडेर सार्थक वार्तामा आउन विपक्षीलाई आग्रह गर्नुभयो ।
यस्तै कुपण्डोलस्थित बागमती सफाइन अभियानमै सहभागी हुनुभएका सभाध्यक्ष नेम्वाङले सत्तापक्षीय दल र विपक्षीहरु एक भए बागमती सफाइनमा सहभागी भएजस्तै गरी संबिधान निर्माण पनि लाग्न आह्वान गर्नुभयो । बाग्मती सफा गर्न निमिर्म मानव साङ्लो झै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन उहाको आग्रह थियो । सभाध्यक्ष नेम्वाङले आज जसरी बागमती सफाइका लागि मानव साङलो बनेको छ त्यस्तै गरी सिंहदरबार र संबिधान सभामा पनि एकता हुनुपर्ने बताउनुभयो ।

No comments: