"2513058968709111" /> बाग्लुङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो ।।

चैत्र २८ गते । 
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा भइरहेको संबिधान सभा उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदानमा ७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख टोलराज उपाध्यायले जानकारी दिनुभयो । आजको मतदानमा करिब ३८ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । आजै राती १२ बजेसम्म सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम बागलुङ बजार ल्याईने र सर्वदलिय बैठकपछि मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यलयका प्रमुख उपाध्ययले जानकारी दिनुभयो ।
उहाका अनुसार निर्वाचनका क्रममा  केही मतदान केन्द्रमा केहीबेर अवरोध आएपनि राजनीतिक दलहरुले  समस्या समाधान गरेका थिए । बागलुङमा पहिलो पटक विद्युतिय मतदान मेसिनबाट मतदान  भएको हो ।  बागलुङ नगरपालिका वडा नं. २ बालमन्दिर मतदान केन्द्रमा बागलुङमा जेष्ठ नागरिक ९२ वर्षीय मोती कुमार श्रेष्ठले बिहान ७ बजे मतदान गर्नुभएको थियो ।
गत संविधानसभा निर्वाचनमा विजयी हुनु भएका नेपाली कांग्रेसका सभासद् हरिबहादुर खड्काको दुर्घटनामा निधन भएपछि आज उप निर्वाचन भएको हो । उप निर्वाचनमा कांग्रेस, एमाले, एकीकृत माओवादी सहित १३ जना चुनावी प्रतिस्पर्धामा छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.