"2513058968709111" /> मैत्रीपुर्ण खेलमा अष्ट्रेलियन खेलाडी सहभागी टिम रातो विजयी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मैत्रीपुर्ण खेलमा अष्ट्रेलियन खेलाडी सहभागी टिम रातो विजयी ।।

चैत्र २८ गते । 
अष्ट्रेलियाका खेलाडी फिलिप ह्युजको श्रद्धान्जलीमा आयोजित खेलमा टीम रातो विजयी भएको छ । किर्तिपुर खेल मेदानमा भर्खरै सकिएको खेलमा अष्ट्रेलियाका तीन जना खेलाडी सहभागी रातो टोलीले पारश खड्काको निलो टोलीलाई एक रनले पराजित गर्यो । पहिले व्याटिङ गरेको रातोले पुरै ३१ दशमलव ३ ओभर खेलेर एकसय ६३ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको निलो टोलीले पुरै ओभर खेलेपनि एकसय ६२ रन मात्रै बनाउन सक्यो । निलोका लागि कप्तान बिनोद दासले ४१, महेश क्षेत्रीले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । विजयी रातो टोलीका लागि शरद भेषवाकरले ५२ रन बनाउनुभयो । आजको खेल खेलेसंगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान विनोद दासले सन्यास लिनुभएको छ । यसअघि नै सन्यासको घोषणा गर्नुभएका दासको आज किर्तिपुर खेल मैदानमै औपचारि विदाई गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.