"2513058968709111" /> सारङ्गीको लोप हुन लागेपछि, सल्यानमा सारंगी बचाउ अभियान सञ्चालन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सारङ्गीको लोप हुन लागेपछि, सल्यानमा सारंगी बचाउ अभियान सञ्चालन ।।

चैत्र २८ गते । 
सारंगी रेट्दै गीत मार्फत खबर सुनाएर जीवन चलाउने गन्दर्भहरुको पेसा लोप हुन थालेपछि नेपाल गन्दर्भ संगठन सल्याले सारंगी बचाउ अभियान सञ्चालन गरेको छ । सारंगी रेटेर गीत गाउँदा धेरैले सुन्न रुचाउने भएकाले गन्दर्भ समूदायको पहिचान संग जोडिएको सारंगी बाजा र संस्कृती संरक्षणमा लागेको संगठनका केन्द्रीय महासचिव ठाकुर गन्दर्भले बताउनुभयो । सल्यान, दाङ, रोल्पालगायतका जिल्लाहरुमा अहिले घरदैलो अभियान सञ्चालन गरेर सारंगी बाजा संरक्षणमा लागि परेको गन्दर्भले जनाउनुभयो । बजारमा आएको विभिन्न प्रविधीसंगै मोवायल तथा एफएम रेडियोबाटै गित सुन्न सकिने भएपछि सारंगी रेटेर जीवन निर्वाह गर्दै आएको पुख्र्यौली पेसालाई धक्का परेपनि सारंगी बाजा बचाइराख्नु पर्ने नेपाल गन्दर्भ संगठनका केन्द्रीय सदस्य धु्रव विरहि रञ्जन गन्दर्भको भनाइ छ । विभिन्न स्थानमा गएर सारंगीको महत्वको बारेमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने र युवा पुस्तालाई सारंगी बजाउन सिकाउने जस्ता कार्यहरु भइरहेको गन्दर्भले जनाउनुभयो ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.